असाधारण प्रतिभा भएका व्यक्तिहरुले अमेरिकामा स्पोन्सर बिना नै ग्रीनकार्ड पाऊन सक्दछन।

असाधारण प्रतिभा भएका व्यक्तिहरुले अमेरिकामा स्पोन्सर बिना नै ग्रीनकार्ड पाऊन सक्दछन।

विनोद रोका, एर्टनी एट ल, न्युर्योक

अमेरिकालाई पद्दतीमा चल्ने देश, अवसरको मुभि, सपनाको संसार जस्ता नामबाट चिन्ने गरिन्छ। त्यसैले अमेरिकामा स्थायी रुपबाट बस्न आउनका लागि विश्वका सबै देशबाट मानीसहरु लालायीत हृन्छन। अमेरिकी सरकारले अमेरिकामा प्रवेश गर्न चाहाने विदेशीहरुका लागि विभिन्न प्रकारका भिसाको व्यवस्था गरेको छ। यसरी छृटयाइएका क्षेत्रहरुमा सामान्यतया पारिवारिक भीसा, कामदार भीसा, धार्मिक भीषा, डीभि चिठृा मार्फत आउन पाउने भिषा आदि पर्दछन। जस्का लागि अमेरिकामा रहेका स्पोन्सरहरुको आवस्यकता पदर्छ।

स्पोन्सरले पनि पहिला अमेरीकामा त्यस्ता दक्ष कामदारहरु भेटिएनन भनि श्रम विभागको स्विकृती लिनु पर्दछ। श्रम विभागको अनुमति र अद्यागमन विभागले भिषाको लागि निवेदन स्विकृत गरेपछि मात्र विदेशी दक्ष कामदारले अमेरीकाको डिपार्ट मेण्ट अफ स्टेट मार्फत उपलव्ध गराईको भिषा राजदुतावासमा उपस्थित भै ग्रिनकार्ड लिएर अमेरीकामा आऊन पाउछन। यसरी प्रकृया पुरा गरी भिषा स्वीकृत भएपनि बर्सौसम्म पालो कुरेर बस्नु पर्दछ। किनकि बिभिन्न वर्गमा वर्गिकरण गरिएका भीषाको संख्या अमेरिका आउन चाहाने विदेशीको संख्या भन्दा धेरै कम हुने गर्दछ।

तर यस मध्ये विज्ञान, कला, शिक्षा, व्यापार र खेलकुद क्षेत्रमा विशिष्ठ योग्यता भएका, आफनो कामको क्षेत्रमा ख्याती कमाएका र निरन्तर रुपबाट त्यसै क्षेत्रमा लागि रहेका विदेशीहरुलाई अमेरीकाको ग्रिनकार्ड पाऊन स्पोन्सरको आवस्यकता पर्दैन। अमेरीकी सरकारले यस्ता अद्धितीय प्रतिभा भएका व्यक्तिहरुको कदर गर्र्ने गरेको छ। अमेरीकामा आएर पनि त्यही क्षेत्रमा कार्यरत रहने र त्यसबाट अमेरीकालाई भविष्यमा योगदान पुग्ने देखिएमा यस्ता प्रतिभाशाली व्यक्तिलाई अमेरिकाको ग्रीनकार्ड वा स्थायी बसोबासको लागि अनुमति दिने गर्दछ।

यो भिषाको लागि स्पोन्सरको आवस्यकता नपरेता पनि व्यक्तिले आफनो क्षेत्रको दक्षता र ख्यातीको आधारमा आफनो देशमा पनि सम्वन्धित विद्यामा नौलो आयाम थपेको कारणले ख्याती कमाएको। अनि अमेरीकी रोजगारदाताबाट पनि त्यो दक्षता र ख्यातीको कदर गर्दै त्यही दक्ष्यताको क्षेत्रको कामको प्रस्ताव आएको प्रमाण वा जब अफर देखाऊन सक्नु पर्दछ। साथै त्यही आफनो दक्षताको क्षेत्रमा अमेरीकामा आएर काम गर्ने आफनो योजना कस्तो छ र त्यो कामबाट अमेरीकालाई भविष्यमा के कस्ता उपलव्धी वा ख्याती प्राप्त हुन सक्दछ त्यो कुरा पनि स्पष्ट रुपमा देखाउन सक्नु पर्दछ। यो भिषा पहिलो श्रेणीमा पर्ने हुदा प्राय सधै भरी नेपाल जस्ता देशकका प्रतिभाशाली व्यक्तिका लागि उपलव्ध भै रहेको हुन्छ। यस श्रेणीको भिषा पाऊ भनि विदेशीले पेश गरेको आप्रावासको निवेदनमा तोकिएको सवुद प्रमाण मापदण्ड भित्र परेमा छिटोमा १४ दिन र बढीमा १ बर्ष भित्रमा स्वीकृत हुन सक्दछ।

विनोद रोका एण्ड एशोसियटस पिसिका तर्फबाट आफनो लामो समयको अनुभव र व्यवसायीक दक्षताको आधारमा विभिन्न क्षेत्रका ख्यातीप्राप्त प्रतिभाशाली व्यक्तिहरुलाई अमेरिकी अध्यागमन सम्वन्धि कानुनले तोकेको प्रकृया र मापदण्ड अनुरुपको सेवा प्रयोग गरी नेपाल तथा अन्य देशका अभिनय क्षेत्रका कलाकार, गायक, संगितकार, नृत्यकार, फोटोग्राफर, पत्रकार, कार्यक्रम प्रस्तोता, चित्रकार, मार्सल आर्टसका खेलाडी, प्रशिक्षक, टेवलटेनिसका खेलाडी, र शिक्षा क्षेत्रका व्यक्तित्व आदिलाई यस श्रेणीको भिषा एवं ग्रीनकार्ड केहीलाई २ महिना भित्र र केहीका मुद्दाहरु अपिल तहबाट पनि जिताउन सफल भएका छौ। यद्यपि प्रत्येक मुद्दाको प्रकृति एकै प्रकारको नहुने हुदा सबैमा एउटै किसिमको परिणाम आउछ भन्न भने सकिन्न।

असाधारण दक्षताको आधारमा ख्याती कमाएका विदेशी व्यक्तिहरुका लागि छृटयाइएको यो पहिलो श्रेणीको भिषा पाउनका लागि पुरयाउनु पर्ने पुर्वाधार भनेको व्यक्तिले आफु आफनो कार्यक्षेत्रमा ख्यातीको शिखरमा पुगेको छु भनि प्रमाणित गर्नु पर्दछ। यसरी आफनो दक्षताको विद्यालाई मिसमास नगरी एउटै विद्याको कुनै एउटा कित्ता वा पाटोमा परिभाषा गर्न पर्दछ। जस्तै रचनाकार, संगीतकार, एरेन्जर, वा गायक वेग्ला वेग्लै क्षत्र हुन। त्यस्तै अभिनय, निर्देशक। खेलाडी, प्रशिक्षक आदि। अत आफनो ख्यातीको समाचार, पुरष्कार, जज, पारिश्रमीक, आदिको नम्वर पाऊनका लागि कुनै एऊटा विद्यालाई आधार मान्नु पर्दछ र आफना कागज प्रमाणहरु सोही अनुसार छुटयाएर मुल्यांकन गर्नु पर्दछ। यस अन्तर्गत सामान्यतया कानुन व्यवसायी भने पर्न सक्दैननन। यो श्रेणीको ख्याती प्राप्त व्यक्ति भनेर प्रमाणित हुनुपर्ने प्रमाण भन्नाले,

१। राष्ट्रिय तथा अन्तरराष्ट्र्यिय स्तरमा ख्याती प्राप्त गरेको तथ्य बस्तुनिष्ट आधारबाट देखिन्छ,
२। यस्तो तथ्यलाई प्रचुर मात्रामा कागज प्रमाणबाट मान्यता दिईएको देखिन्छ,
३। यस्तो ख्याती पाएको विदेशी व्यक्तिले अमेरिकामा आएपछि पनि त्यही क्षेत्रमा काम गर्छ र
४। यसरी गरिएको कामले अमेरिकालाई पनि भविष्यमा त्यस क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने हुन्छ।

अमेरिकी अध्यागमन सम्वन्धि कानुनले असाधारण क्षमताका भएका कारणले आफनो क्षेत्रमा ख्याती कमाएको तथ्य प्रमाणित गर्नका लागि नोवेल पुरुस्कार जस्ता अन्तरराष्ट्र्यिय स्तरको पुरस्कार कसैले एक पटक मात्र आफनो क्षेत्रमा उल्लेखनिय काम गरे वापतमा पाएको रहेछ भने एकपटकको ख्याती नै प्रयाप्त हुन्छ असाधारण क्षमताको कारणले ख्याती पाएको व्यक्ति भनि स्थापित गराउनका लागि। यदि कसैले यस्तो प्रकारका अन्र्तराष्ट्र्यिय मान्यता प्राप्त गरेको पुरस्कार पाएको रहेनछ भने पनि तल लेखिएका दशवटा आधारहरु मध्ये कम्तीमा कुनै तीनवटा आधारहरु संख्या र मेरिटमा पनि आफुमा रहेको छ भनि प्रमाणित गर्न सकेको खण्डमा यो वर्गको भिषा पाउन सक्दछ।

१। पुरस्कार वा सम्मान। निवेदकले राष्ट्रिय अथवा अन्तरराष्ट्र्यिय स्तरमा मान्यता प्राप्त भएका प्रमाणपत्र तथा पुरस्कार आफ्नो क्षेत्रमा विशिष्ठता हासिल गरे वापतमा प्राप्त गरेको छ। सामान्यतया यो मापदण्ड पुरा गर्नका लागि निवेदकले आफुले प्राप्त गरेका पुरस्कार वा प्रमाण पत्र अंग्रेजीभाषामा छैन भने त्यस्को रित पुर्वकको अनुवाद गरिएको फोटोकपी पेश गर्नु पर्दछ। र राष्ट्रिय तथा अन्तरराष्ट्र्यिय स्तरको मान्यता प्राप्त भएको कुरा लिखत प्रमाणबाट प्रमाणित हुनु पर्दछ।

यस्का लागि निवेदकले पुरस्कारको स्थापना भएको कारण, उद्देस्य, महत्व, यस्को क्षेत्र, निर्णायकहरु मनोनित गर्दा अपनाईने आधार, निर्णायकहरुले सहभागी मध्येबाट पुरस्कारका लागि प्रतियोगीहरु मध्येबाट उत्कृष्ठताको छनौट गर्ने प्रकृया र सहभागी हुनको लागि उमेर, क्षेत्र र वर्ग आदिको प्रतिवन्ध नभएको तथ्य खुलाउन सक्नु पर्दछ। अर्थात राष्ट्र्व्यापी वा अन्तरराष्ट्र्यिय क्षेत्रमा रहेका सो विद्याका ख्यातीप्राप्त प्रतिभाहरुले प्रतियोगिताको प्रतिस्पर्धामा सहभागी हुन पाएको हुनु पर्दछ। यस्का साथै अघिल्ला केही बर्षहरुमा क कस्ले यो राष्ट्रिय वा अन्तरराष्ट्र्यिय स्तरको सम्मान वा पुरुस्कार पाएका थिए त्यो पनि उल्लेख भएको हुनु राम्रो हुन्छ। अध्ययनको क्रममा पाएको शैक्षिक पुरस्कार प्राय यो क्षेणीमा पर्दैनन।

२। सदस्यता। निवेदकले आफु सदस्य भएको संस्थामा सदस्यता पाउनका लागि सम्वन्धित क्षेत्रको विषेशज्ञहरुले ख्याती वा विषेशज्ञताको आधारमा विशेषज्ञहरुले छनोट गरेपछि मात्र पाईन्छ भन्ने देखाऊ सक्नु पर्दछ। कुनै पेशा वा व्यवसायमा संलग्न रहेकै कारणले पाउने पेशागत तथा व्यवसायीक संगठनको सदस्यता वा पदले यो मापदण्ड पुरा गर्न सक्दैन।

३। निवेदकको बारेमा प्रकाशित सामाग्री। निवेदकको बारेमा पेशागत वा प्रमुख व्यापारिक वा अन्य राष्ट्रिय एवं अन्तरराष्ट्र्यिय स्तका संचार माध्यममा छापिएको अभिलेख। यसरी छापिएको कुरा निवेदकको ख्याती, योग्यता, विशेषता वा उपलव्धीको बारेमा हुनु पर्दछ।केवल निवेदकको नाम प्रसंगबस समुहमा वा कुनै सन्दर्भ लेखिएर मात्र हुदैन। अनि निवेदकको बारेमा छापिएको समाचार, समिक्षा आदि राष्ट्रिय स्तरका, धेरैले पढने, बढी विक्री हुने प्रमुख प्रकाशनको राष्ट्रिय स्तरका विषय छापिने पृष्ठमा छापिएको हुनु पर्दछ नकि स्थानीय वा क्षेत्रिय स्तरका गतिविधिहरु छापिने पृष्ठमा।साथै निवेदकको बारेमा छापिएका लेख, समाचार समिक्षा आदिमा छापिएको मिति, लेखकको नाम पनि खुल्नु पर्दछ जस्ले निवेदकको बारेमा लेख्ने वा बोल्ने व्यक्ति पनि त्यो क्षेत्रको ज्ञाता हो कि होईन? भन्ने बारेमा जानकारी हुन सकोस।

निवेदकले अन्तर्वार्तामा आफैले आफनो बारेमा भनेको कुरा भन्दा त्यस क्षेत्रका समिक्षक वा विशेषज्ञले भनेको कुराको बढी महत्व हुन्छ। त्यसैगरी निवेदकले संगै काम गरेका परिचित वा असम्वन्धित क्षेत्रका व्यक्तित्व वा कुनै हाकीम वा पदाधिकारीले भन्दा आफनो कामको आधारमा निष्पक्ष रुपमा मुल्यांकन गर्नसक्ने त्यही क्षेत्रका विशेषज्ञहरुबाट के कति कारणले गर्दा आफु अब्वल दर्जामा पुग्न सकेको हो भन्ने तथ्य वस्तुनिष्ठ आधारबाट देखिने खालका सिफारिसहरु संलग्न हुनु आवस्यक हुन्छ। यद्यपि विशेषज्ञको रायलाई मान्नै पर्छ भन्ने बाध्यता भने निर्णकर्तालाई हुदैन।

४। निर्णयकर्ताको हैसियतबाट अरुको मुल्यांकन गरेको। निवेदकले आफनो वा आफनो विशेषज्ञताको क्षेत्रसंग सम्वन्धित भएको अरुको काम निर्णयकर्ताको हैसियतबाट एक्लै वा निर्णायक मण्डलको एक सदस्यको हैसियतबाट गरेको हुनु पर्दछ। त्यस्मा निवेदकले माथि १ नम्वरमा उल्लेख गरिएको जस्तै पुर्वाधारहरु भएको देखाउन सक्नु पर्दछ। यसमा निवेदकले प्रतियोगिताको प्रकृती र उद्देस्य, निवेदकलाई निर्णायकमा मनोनित गरिएको आधार, प्रतियोगितामा भाग लिन पाउने प्रतियोगीहरुको छनौट गरिने प्रकृया, निवेदकले निर्णायकको हैसियतबाट गर्नुपर्ने काम आदि तथ्य सप्रमाण प्रष्टयाऊनु पर्दछ।

५। योगदान। निवेदकले नविन वैज्ञानीक, बौद्धिक, कलात्मक, खेल जगत, वा व्यापार संग सम्वन्धित क्षेत्रमा ठुलो उपलब्धी हुने किसिमको योगदान गरेको तथ्य प्रमाणित गरेको खण्डमा यो आधार पुरा हुन सक्दछ।

६। छापिएका बौद्धिकतायुक्त लेखहरु। निवेदकले लेखेको बौद्धीकता देखिने लेखहरु पेशागत वा प्रमुख व्यापारीक प्रकाशन वा अन्य प्रमुख संचार माध्यममा प्रकाशीत भएको छ भने यो आधार पुरा हुन सक्दछ। यो तथ्य प्रमाणित गर्नका लागि निवेदकले आफनो लेखको नाम, महत्व, लेख छापिनु अगाडीका छनौट गरिने प्रकृया, छापिएको प्रकाशनको नाम, मिति, छापिएको लेखले त्यस क्षेत्रमा पारेको प्रभाव अनि अरुले ती लेखहरुलाई आधिकारिक वा श्रोतको रुपमा आफनो लेख आदिमा उल्लेख गरेको दृष्ठान्त आदि तथ्य पनि सप्रमाण पुष्टि गर्नु पर्दछ।

७। श्रृजना वा काम कला प्रर्दशनी वा सोकेजमा प्रर्दशन। निवेदकको श्रृजना वा काम कला प्रर्दशनी वा सोकेजमा प्रर्दशनमा राखिएको अभिलेख। यस अन्र्तगत चित्रकलाहरु राष्ट्रिय र अन्र्तराष्ट्र्यि स्तरका प्रर्दशनीमा राखीएको चर्चा परिचर्चा प्रमुख संचार माध्यममा छापिएको प्रमाणित हुनु पर्दछ।

८। संस्थामा महत्वपुर्ण भुमिका। निवेदकले राष्ट्रिय वा अन्तरराष्ट्र्यिय स्तरमा ख्याती प्राप्त संगठनको अग्रणी वा महत्वपुर्ण भुमिका खेलेको प्रमाण।

९।बढी तलब वा पारिश्रमीक पाउने गरेको। निवेदकले आफ्नो क्षेत्रमा काम गर्दा अरुको तुलनामा बढी तलब वा पारिश्रमीक पाउने गरेको छ भन्ने तथ्यको प्रमाण। यस अन्तर्गत काम लगाउने व्यक्ति, संस्था वा कुनै आधीकारीक निकायबाट आफुले ख्याती र दक्षताको आधारमा अरुले भन्दा बढी तलब वा पारिश्रमीक पाउने गरेको कति हो र अरुको भन्दा पाएको पारिश्रमीक कतिले फरक छ त्यो तुलनात्मक रुपबाट प्रष्टिएको हुनु राम्रो हुन्छ। लेखापरिक्षकले वा अन्य कुनै व्यक्तिले बिना आधार प्रमाणित गरिदिएको कागज प्रयाप्त हुदैन। कर कार्यालयमा कर तिरेको प्रमाण र त्यो क्षेत्रमा रहेका अन्य ख्याती प्राप्त व्यक्ति भन्दा तपाईले बढी कर तिरेको पत्रको ओजन बढी हुन सक्दछ।

१०। व्यावसायीक सफलता। निवेदकले खेलेको फिल्म, नाटक, म्युजीक भिडियो, वा सिडि आदि सर्बाधिक सफल भै व्यावसायीक सफलता हासिल गरेको तथ्य प्रमाणित भएमा यो आधार पुरा भएको मानिन्छ। यस तथ्यको प्रमाण भनेको टिकट विक्रि भएको आंकडा र चलेको समयलाई तुलनात्मक रुपबाट प्रमाणित गर्नु पर्दछ। साथै सिडि, डिभिडि, संगित आदिको हकमा पनि उल्पादन भएको बर्षभरी बिक्रि भएको संख्या र रकमलाई त्यसै बर्षमा बजारमा विक्रि वितरणमा आएका उत्पादनहरुको तुलनात्मक विवरण उल्लेख भएको हुनु पर्दछ।
११। वैकल्पिक प्रमाण। यदि निवेदकको पेशामा माथि लेखिएका आधारहरु सामान्यतया मिल्न सक्दैनन भने माथि लेखिएका आधार संग तुलना गर्न सकिने अरु प्रमाणहरु पनि पेश गर्न सकिन्छ।

निवेदकले प्राप्त गरेका प्रमाणपत्र, प्रकाशनमा आएका लेख, समिक्षा र समाचार आदि अंग्रेजी भाषामा छैनन भने तिनीहरुको अनुवाद नेपाली र अंग्रेजी दुबै भाषामा दक्षता हासिल गरेको व्यक्तिले गरेको हो भनि नोटरी पब्लीकको अगाडी गएर अनुवाद गर्ने व्यक्तिले स्ही गरेको प्रमाणपत्र संलग्न भएमा मात्र अमेरीकी ईमिग्रेशनले प्रमाणको रुपमा लिन्छ। जस्तो कि I ———hereby certify that I have translated attached and/or the following document/s from Nepali into English as presented to me for translation. I am competent with both Nepali and English languages. It is accurate translation to the best of my knowledge and ability.

_________________
Name:
Sworn and subscribed to before me ID:
on this th day of —–, 20—-. Tel:

Notary Public

यो अमेरिकी अध्यागमन सम्वन्धि कानुनले तोकेको कानुनी प्रावधान हो। यदि यसरी रित नपुरयाई पेश भएको अनुवाद रहेछ भने त्यो प्रमाणको लागि ग्राहय हुदैन। हाल नेपालबाट आउने अनुवादहरु प्राय रित नपुगी आउने गरेको हुदा अध्यागमन अदालत र अध्यागमन कार्यालयले अस्वीकार गरेको अनुभव मैले गरेको छु। र मैले यो बिषयमा नेपाल सरकारका केही अधिकारीहरु संग पनि कुरा गरेको थिए तथापि यो सामान्य कुरा सम्वन्धित ठाऊमा पुग्न सकेको छैन/ अहिले पनि नेपालबाट व्यक्तिहरुले पैसा तिरेर नोटरी पव्लीकबाट त्यसरी नै अनुवाद गरिका कागजहरु लिएर आउने गरेको पाइन्छ। धेरै अबस्थामा त्यस्ता कागजले मान्यता नपाएपछि पुन अमेरीकामा अर्को अनुबाद गराउदा दोहोरो खर्च र काममा ढिलाई हुने गरेको पाईन्छ।त्यस्तै कतिपय अनुवादहरु अंग्रेजीमा अनुबाद हुदा नेपालीमा भनिएको कुरा नखुलेको पनि भेटिएको छ। त्यसैले आफना नेपालीमा भएका लिखतहरु अंग्रेजीमा अनुवाद गर्दा भन्न खोजिएको अर्थ निस्कन्छ कि निस्कदैन भनि राम्ररी हेर्नु पर्दछ।

तपाईलाई उदाहरण दिनु पर्दा मलाई यो प्रसंग याद आऊछ। अद्यागमन अदालतमा कुनै एक जना दोभाषेले नेपालीको अनुवाद अंग्रेजीमा गर्दा न्यायाधिशले आश्चर्य मानेको प्रसंग स्मरण हुन्छ। एक जना व्यक्तिलाई न्यायाधिशले अंग्रेजीमा सोधे “तपाई नेपालमा के काम गर्नु हुन्थ्यो? जवाफमा उन्ले भने “ म फोहोर मैला विकाश समितिमा अधिकृतको हैसितले काम गर्दथे।“ त्यस्को अनुवाद दोभाषेले यसरी गरे “ आई वाज वर्किक एज ए डर्टि वमन डिभल्पमेन्ट अफिसर।“ दोभाषेको दिएको अर्थ सुनेपछि न्यायाधिशले छक्क पर्दै सोधे “हवाट डिड यु से…”,।

०प्रस्तुत लेख नेपाली पाठकहरुलाई सामान्य जानकारी गराउने उद्देस्यले मात्र तयार पारिएको हो। यो क्षेणीको भिषाको निवेदन तयार गर्दा त्यस बिषयमा धेरै अनुसन्धान र अध्ययन गरी निवेदकको क्षेत्र र बिषय वस्तुको प्रकृति अनुसार कार्वाही अगाडी बढाउनु पर्दछ। तसर्थ अध्यागमन कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा एर्टनीको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईको कुनै कानृनी समस्या भए निशुल्क कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com / www.binodlaw.com मा सम्पर्क राख्न सकिने छ।