नेपालबाट ल्याएको जन्मदर्ता प्रमाणपत्र अमेरिकामा कामलाग्दैन.

ंबिनोद रोका, एर्टनी एट ल    – न्युयोर्क

 अमेरिकामा ग्रीनकार्डको निवेदन दिने वा नेपालबाट आफना सन्तान वा परिवारका अन्य सदस्यहरुलाई अमेरिकामा  ग्रीनकार्डको माध्यमबाटल्याऊने व्यक्तिहरुले अमेरिकी अद्यागमन वा अन्य निकाय समक्ष नेपालको स्थानीय पन्जीकाधिकारीको कार्यालयबाट वा विदेसस्थित नेपालीनियोगबाट दिएको जन्मदर्ताको प्रमाणपत्र पेश गर्दा सम्वन्धित निकायले मान्यता दिएन अव जन्मदर्ता प्रमाणको विकल्पमा कस्तो कागजपेश गर्नु पर्ला भनि सोध्ने गर्नुहुन्छ। यसरी धेरै व्यक्तिहरुले सोध्ने गरेको हुदा यो विषयमा एउटा सानो जानकारीमूलक लेख प्रकाशनमाआउदा राम्रो होला भन्ने लागेकोले यो लेख प्रस्तुत गरेको छु।

अमेरिकाको कानुन अनुसार कुनै पनि आप्रवासीले ग्रीनकार्ड वा सोसलसेक्युरी नम्वर पाऊनका लागि आफनो जन्मदर्ताको प्रमाणपत्रअनिवार्य रुपले पेश गर्नु पर्दछ। जन्मदर्ताको प्रमाणपत्र सम्वन्धित देशको कानुनअनुसार यस्तो जन्मदर्ताको अभिलेख राख्ने अधिकार प्राप्तभएको सरकारी निकायले सम्वन्धित व्यक्तिले दिएको सूचनाको आधारमा तत्कालै वा जन्मीएको समयको केहीदिन पछि उपलव्ध गराएकोहुनु पर्दछ। यदि कानुनी प्रावधानको अभावमा यसरी जन्मदर्ता गराऊने, अभिलेख राख्ने र प्रमाणपत्र दिने व्यवस्था व्यक्ति जन्मीएको बेलामादेशमा नभएको कारणले व्यक्तिसंग जन्मदर्ताको प्रमाणपत्र छैन भने अमेरीकी अद्यागमन नियमानुसार व्यक्तिले आफनो देशको जन्मदर्ताकाअभिलेख राख्ने अधिकार पाएको सम्वन्धित सरकारी निकायको अधिकृतबाट कार्यालयको लेटरहेडमा व्यक्तिको जन्मको अभिलेखकार्यालयमा नभएको कारण र त्यस अवस्थामा जन्मदर्ता गर्नुपर्ने त्यस्ता समानरुपको कुनै वैकल्पिक व्यवस्था भए नभएको कुरा पनिखुलाऊनु पर्दछ। यसरी व्यक्तिले आफु जन्मीएको लगत्तै सरकारी मान्यता प्राप्त निकायसमक्ष जन्मदर्ता गराएको आधारमा सोही मितिमाप्रदान गरिएको जन्मदर्ताको प्रमाणपत्र नभएपनि त्यस्को सटृामा अन्य वैकल्पीक लिखतहरु पेश गरेर जन्मदर्ता प्रमाणित गर्न सक्दछ।

सामान्यता ती वैकल्पीक लिखतहरु भनेका स्कुलले आफनो तत्कालीन अवस्थामा खडा गरिएको अभिलेखका आधारमा प्रदान गरेका जन्ममिति प्रमाणित गर्ने लिखत, मन्दीर वा चर्चले प्रदान गर्ने प्रमाणिकरण लिखत वा आफना आमाबाबु वा आफु जन्मीएको बेलामा उमेर पुगेकादुईजना बुढाबुढीहरु जस्ले आफु कस्को सन्तानको रुपमा कहा? र कहिल?े जन्मीएको र सो तथ्य निजहरुले आमाबाबु, छिमेकी वा नातेदारभएको कारणले थाहा पाएको हु भनि एफिडेभिट अर्थात शपथपत्र लेखि नोटरी पव्लीकबाट प्रमाणित गराई पेश गर्नु पर्दछ। यस्ता लिखतहरुनेपाली भाषामा लेखिएको भए अंग्रेजी भाषामा रितपूर्वकको अनुवाद गराई नेपाली र अंग्रेजी दुबै प्रति पेश गर्नु पर्छ। होईन भने अद्यागमनकार्यालयले मागेको सुविधा नदिन सक्छ।

नेपालमा व्यक्तिगत घटना दर्ता ऐन २०३३ र यस्को नियमावली २०३४ मा मात्र जारी भएको छ। अत त्यो भन्दा अगाडी नेपालमाजन्मदर्ताको अभिलेख राख्ने कुनै सरकारी निकायम थिएन। यो ऐन पनि नेपाल अधिराज्यभर एकै पटक लागू नभै पटक पटक लागू भएकोछ। अत ऐन लागु हुनु भन्दा अगाडी जन्मीएका व्यक्तिहरुको जन्मदर्ता प्रमाणपत्र स्थानीय पन्जीकाधिकारीले व्यक्तिले माग गर्न आएकाबखत कुनै अभिलेख वेगर हचुवाको भरमा फलानो व्यक्ति फलनो सालमा जन्मीएको हो भनि वा विदेशस्थित नेपाली कुटनितिक निकायलेफलनाको पासपोर्ट वा नागरिकताको आधारामा फलानाको जन्म फलानो मितिमा भएको प्रमाणित गरिन्छ भनेको आधारमा दिएको कागजजन्मदताको प्रमाणपत्र मानिदैन यद्यपि कतिपय अधिकृतहरुले यस्तो लिखतलाई मान्यता प्रदान गरेको पनि हुनसक्छ जुन कानुनन होईन।

अमेरिका सरकारलाई एवं कन्स्युलर अफिसरलाई यो ऐन र नियम कहिले देखि नेपालमा लागु भएको भन्ने आधाकारिकरुपमाजानकारी छ। तर नेपालमा यस बारेमा धेरैलाई जानकारी छैन र सरकारी निकायले जन्मदर्ता समयमै गराई प्रमाणपत्र लिनु पर्छ  भनिआफना नागरिकहरुलाई जानकारी पनि गराएको पाईदैन। नेपालमा रहेकै कानुनी व्यवस्था मुताविक अमेरिकी अद्यागमन कानुन अनुसारग्रीनकार्ड पाऊनका लागि २०३४ साल भन्दा अगाडी जन्मीएका व्यक्तिहरुले २०३४ साल पछि खडा भएको स्थानीय पन्जीकाधिकारीकोकार्यालयले माग्न आएका दिन अभिलेखको अभावमा दिएको जन्मदर्ता प्रमाणपत्र पेश गर्दा वा २०३४ साल पछि जन्मिएको भएपनिजन्मदर्ताको प्रमाणपत्र जन्मिएको बर्षौपछि माग्न आएका बखत मात्र दिएको रहेछ भने सामान्यतया त्यस्लाई मान्यता प्रदान गर्दैन। र,व्यक्तिलाई माथि लेखिएका वैकल्पीक रुपको जन्मदर्ता प्रमाणपत्र पेश गर्ने आदेश दिने गर्दछ। यसरी आदेश दिदा खेरी नेपालमा यस्तो ऐन२०३३ साल पछि मात्र आएको र यो ऐन फलाना फलाना जिल्लामा फलाना फलाना साल र मितिमा लागु भएको हुदा तपाईले पेश गरेकाजन्मदर्ता प्रमाणपत्र मिलेन भन्ने गर्दछ। तसर्थ तपाईहरुले पनि जन्मदर्ताको प्रमाणपत्र पेश गर्नु अगाडी रित पुगे नपुगेको बिचार गर्नु भयोभने यहाबाट पाऊने सुविधामा विलम्व हुदैन। अमेरीकी अद्यागमन कानुनले दिएको सुविधा पाऊन फाराम भर्नु र फाराममा दिएको निर्देशनपढनु मात्र सधैभरी प्रयाप्त नहुनसक्छ।


ंबिनोद रोका, न्यूर्याक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमामान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रोकानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलतादिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएकोविषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्महामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्तसम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

(तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुनसम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत निशुल्क कानुनी सल्लाहको लागिबिनोद रोका, एर्टनी एट ललाई उहाँको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/ www.binodlaw.com मासम्पर्क राख्न सक्नुहुने छ।)