अमेरिकी सरकारले थपेको टिपिएसको सुविधा लिन पाउने नेपालीहरू

विनोद रोका, एर्टनी एट ल, न्युर्योक*

अमेरिकी सरकारको होमल्याण्ड सेक्युरीटीका सचिवले नेपाललाई पुन डिसेम्बर २५, २०१६ देखि जुन २४, २०१८ सम्म अर्थात् १८ महिनाका लागि टिपिएसको Temporary Protected Status (TPS) सुविधा दिने देशको सूचीमा राखेका छन् । यस कुराको जानकारी अक्टोबर २६, २०१६ मा प्रकाशित गरिएको सूचनामा जनाइएको छ। यो टिपिएसको सुविधा पाऊनका लागि आजका मितिदेखि ६० दिन अर्थात् अक्टोबर २६ देखि डिसेम्बर २७, २०१७ सम्म पहिला टिपिएस पाइ सकेका व्यक्तिहरूले नविकरणका लागि नियमानुसार निवेदन दिनु पर्दछ। त्यसै गरी नियममा तोकिएको मापदण्ड पुगेका तर विविध कारणले सुरुमा टिपिएसको सुविधाका लागि निवेदन दिन छुटेका व्यक्तिहरूले पनि केही अवस्थामा टिपिएस पाऊनका लागि निवेदन दिन सक्दछन। https://www.uscis.gov/humanitarian/temporary-protected-status/temporary-protected-status-designated-country-nepal

टिपिएसको भनेको अमेरिकामा जुन २४, २०१५ सम्ममा आई त्यस समयदेखि लगातार रूपबाट अमेरिकामा बसिरहेका नेपालका नागरिक वा राष्ट्र्यिता गुमाई नेपालमा अन्तिम थलो बनाई बसोबास गरेका। अपराध गरे बापतमा सजाय नपाएका व्यक्तिहरूलाई दिइएको अस्थायी सुविधा हो। यो अस्थायी सुविधा पाएका व्यक्तिहरूले अमेरिकामा २४ जुन २०१८ सम्म बस्न र काम गर्न पाऊछन। अनि टिपिएस पाएकाले एडभान्स पेरोल लिएर नेपाल वा अन्य मुलुकमा गै फर्किएर अमेरिकामा आउन पाउने एडभान्स पेरोल पनि पाऊदछन।
सुरुमा नियमले तोकेको मापदण्ड पुगेर पनि टिपिएसका लागि निवेदन नदिएका व्यक्तिहरूले तल उल्लेख भए मध्येको कुनै एउटा अवस्था रहेको देखाउन सकेमा यो बढाईएको अवधिको टिपिएसको सुविधा पाउन निवेदन दिन सक्छन्।

१। कुनै अस्थायी भिसामा रहेको, स्वेच्छाले देश फर्कन पाउने सुविधा अदालतबाट पाएको, वा अन्य कुनै सुविधा पाएको
२। आफूले अद्यागमनको सुविधाका दिएको निवेदन बिचाराधिन रहेको अवस्था। अर्थात् change of status, adjustment of status, asylum, voluntary departure, or any relief from removal which was pending or subject to further review or appeal.
३। पेरोलीको सुविधा पाएको वा पुन पाऊनका लागि दिएको निवेदन बिचाराधिन रहेको अवस्था।
४। टिपिएसको सुविधा पाउने हैसियत पुगेको व्यक्तिको श्रीमान् वा श्रीमती भएको अवस्था। वा टिपिएसको सुविधा पाउन योग्यता पुगेको समयमा २१ वर्ष भन्दा कम उमेर भएका अविवाहिता छोराछोरी भइएको अवस्था।

टिपिएसको सुविधाका लागि सुरुमा आफै वा अद्यागमन वकिलको सुपरिवेक्षण बेगर शुल्क लिने वा नलिनेहरुबाट फाराम भरेर पठाउने कतिपय व्यक्तिहरूको निवेदन रित नपुगेको कारणले फर्किएर आएको। त्यस्तै सुविधा पाऊनका लागि पठाउनु पर्ने प्रमाणहरु नपठाएको कारणले अद्यागमन विभागबाट कागजातहरू पेस गर्नु भनी सूचना पठाएको तर सेवा दिनेहरु त्यो ठाउँमा नभेटिएको। कतिले अहिले सम्म सुविधा पाउन नसकेको। कतिले टिपिएसको समय सकिने बेलामामात्र सुविधाको कागज पाएको। कतिसंग फाराम भरिदिनेहरुबाट आफूले पठाएको कागजातको प्रतिलिपि नपाएको कारणले जवाफ फर्काउन गाह्रो परेको पनि देखियो।

तसर्थ टिपिएसको सुविधा पाऊनका लागि निवेदन दिदा अद्यागमन कानुनका वकिल वा त्यस्ता वकिलको निगरानीमा निःशुल्क सेवा प्रदान गर्ने संस्था मार्फत तोकिएको समयमा प्रक्रिया पुरयाई आऊदो डिसेम्बर २७, २०१७ सम्म टिपिएसको सुविधाको लागि नविकरण वा नयाँ निवेदन दिनुहोला। स्मरण रहोस् टिपिएसको सुविधा पाऊनका लागि पुग्नुपर्ने अन्य मापदण्डका अतिरिक्त २४ जुन २०१५ सम्ममा अमेरिकामा आई निरन्तर रूपबाट अमेरिकामा बसोबास गरिरहेको हुनु पनि पर्दछ।
____________________________________________________
(विनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोस्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय पनि यहाँ राखिएको छ। यहाहरुलाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ। )