अमेरिकाको ग्रिनकार्ड सपरिवारलाई पाचलाख डलरको लगानीमा

विनोद रोका, एर्टनी एट ल, न्युर्योक

अमेरिकाको अद्यागमन विभागले स्थानीय स्तरमा रोजगारी श्रृजना र आर्थिक विकासहेतु स्वीकृत दिएका ईबी ५, रिजनल सेण्टरहरुमा धेरै लगानीकर्ताको आवश्यकता पर्छ। यस्ता आयोजनामा कुनै विदेशी लगानीकर्ताले कानुनी रूपबाट आर्जन गरेको ५ लाख अमेरिकी डलर लगानी गरेमा लगानीकर्ता र निजको श्रीमान् वा श्रीमती अनि २१ वर्ष ननाघेका अविवाहित छोराछोरीले अमेरीमीकाको ग्रिनकार्ड पाउन सक्दछन।

ईवि ५ रिजनल सेण्टर भनेको अमेरिकी अद्यागमन विभागले विदेशी लगानीकर्ताको लागि भनी छुट्याएको पाचौ कामदारको श्रेणीको प्राथमिकता पर्ने ग्रिनकार्ड पाऊनका लागि सेवा प्रदान गर्ने एजेण्ट वा कम्पनीहरू हुन। यस्ता कम्पनीहरू लिमिटेड पार्टनरशीप वा लिमिटेड ल्यावलिटी कम्पनी हुने गर्दछन्। जस्मा लगानीकर्ताले आफूले लगानी गरेको रकमसम्मको दायित्व लिनु पर्दछ। यस्ता सेण्टरहरुले आफुद्धारा तयार पारीएका धेरै पुजीको आवश्यकता पर्ने आयोजनाहरू अद्यागमन विभागबाट स्वीकृत गराऊछन। यी सेण्टरहरुले लगानीको माध्यमबाट स्थानीय स्तरमा आर्थिक विकास, रोजगारीको श्रृजना, उत्पादनको वृद्धि, र आर्थिक सम्मुन्नतीको लागि काम गर्ने लक्ष्य राखेका हुन्छन्। यस्ता क्षेत्रीय लगानीका निकायहरू ५ लाख डलर लगानी गरी शेयरहोल्डरको रूपमा रहेर अमेरिकाको ग्रिनकार्ड मात्र लिन चाहाने विदेशी लगानीकर्ताको लागि उपयुक्त मानीन्छन। किनकि लगानीकर्ताले प्रत्यक्ष रूपबाट कम्पनीको कार्यमा संलग्न हुनु पर्दैन।

रिजनल सेण्टरले लगानीकर्ताका लागि भनेर ईनभेष्टमेण्ट फण्ड खोलेको हुन्छ। लगानीकर्ताले त्यो फण्ट रहेको रकम बापतमा शेयर अर्थात् ईक्युटी पाउने गर्दछ। त्यो जम्मा भएको रकमबाट सेण्टरले स्थानीय स्तरमा आर्थिक विकाश र प्रत्यक्ष र अप्रत्यक्ष रूपबाट रोजगारी श्रृजना गर्ने आयोजनाहरुमा लगानी गर्दछ। यसरी लगानीका लागि तय गरिएको आयोजनाहरू सार्वजनिक गरिएको हुन्छ। किनकि क्षेत्रीय स्तरको सेण्टर स्थापना गर्नका लागि अमेरिकी अद्यागमन विभागमा निवेदन दिदाकै अवस्थामा आयोजनाको सम्भावित Operational Business Plan, Corporate Structure agreements for ownership of the regional center, (a) sample project business plan, (b) economist report for the project, and sample management agreement between the regional center and the project. लगायतका कागजातहरू पेस गरेको हुन्छ।

विदेशीले अमेरिकामा इबी५ अन्र्तगत लगानी गरेर ग्रिनकार्ड पाउने दुई किसिमका व्यवस्था छन्। पहिलो व्यवस्था अनुसार लगानीकर्ताले १० लाख अमेरिकी डलर लगानी गर्नु पर्दछ। यसमा लगानीकर्ता कम्पनीको व्यवस्थापन र सञ्चालनमा संलग्न रहनु पर्दछ। र २ वर्षमा प्रत्यक्ष रूपबाट १० जना अमेरिकी कामदारहरुलाई पुर्णकालीन रोजगारी दिनु पर्दछ। तर क्षेत्रीय स्तरमा रहेका लगानी केन्द्रले प्रस्तावित गरेका योजनामा भने प्रत्यक्ष अर्थात् पेरोलमै रहने गरी अमेरिकी कामदारहरुलाई काम दिनु पर्दैन। यसमा रोजगारीको सङ्ख्या अप्रत्यक्ष रूपबाट पनि गणना गर्न सकिन्छ। अर्थात् धेरै लगानीकर्ताहरुको रकमबाट होटेल स्थापना भएको कारणले छेऊछाउमा साना व्यवसाय सञ्चालन भई रोजगारी श्रृजना भएमा त्यस्लाई पनि कामदारको सङ्ख्यामा गणना गर्न सकिन्छ। त्यसै गरी लगानीकर्र्ता विदेशीले कम्पनीको व्यवस्थापन र सञ्चालनको कार्यमा संलग्न रहनु पर्दैन। लागानीकर्ताको हैसियतबाट ग्रिनकार्ड पाएपछि लगानीकर्ता विदेशीले अन्यत्र पनि काम गर्न र लगानी गरिएको क्षेत्र भन्दा बाहिर गएर आफ्नो अरू व्यवसाय पनि सञ्चालन गर्न सक्दछ।

लगानीकर्ताले अमेरिकामा लगानीका लागि ल्याएको रकम कानुनी रूपबाट आर्जन गरेको हुनु पर्दछ। लगानीका लागि बैक मार्फत अमेरिकामा ल्याईएको रकम २ वर्षको अस्थायी ग्रिनकार्ड स्वीकृत नहुन्जेलसम्म धरौटी खाता अर्थात् ईस्क्रो एकाण्टमा राखिन्छ। ग्रिनकार्ड स्वीकृत गर्नु अगाडी अद्यागमन विभागले लगानीकर्ताबाट लगानीका लागि अमेरिकामा आएको रकमको श्रोत र कानुनी तवरबाट आए नआएको जाचबुमm गर्दछ। लगानीको लागि आएको रकम कानुनन आएको प्रमाणित भएमा ग्रिनकार्डको निवेदन स्वीकृत हुन्छ। अस्थायी ग्रिनकार्ड स्वीकृत भएपछि मात्र ईस्क्रो एकाण्टमा रहेको रकम तोकिएको आयोजनाका लागि खर्च गरिन्छ।

२ वर्षको अस्थायी ग्रिनकार्डको म्याद सकिनु भन्दा ३ महिना अगाडी नै लगानीकर्ताले सेण्टर मार्फत रोजगारीताको मापदण्ड पुगी सकेका प्रमाणहरु राखेर अमेरिकी अद्यागमन विभाग समक्ष स्थायी ग्रिनकार्डको लागि निवेदन दिनु पर्दछ। यसरी प्राप्त भएको निवेदनमा तोकिएको लगानी आएकोे र आयोजनामा रोजगारी लगायतका मापदण्ड पुरा भएको प्रमाणित भएमा अद्यागमन विभागले अस्थायी ग्रिनकार्डको ठाउँमा स्थायी ग्रिनकार्ड प्रदान गर्ने निर्णय गर्दछ। ग्रिनकार्ड पाएको मितिले ५ वर्ष पछि अमेरिकाको नागरिक्ता पाउने योग्यता पुग्दछ।

लगानीकर्ताले रिजनल सेण्टरद्धारा आहवान गरेको आयोजनामा लगानी गर्दा खेरि अमेरिकी अद्यागमन कानुन अन्र्तगत ईवि५को लगानी सम्बन्धी विषयमा दक्षता हासिल गरेका कानुन व्यवसायी मार्फत काम अगाडी बढाउनु राम्रो हुन्छ। कुन रिजनल सेण्टर मार्फत लगानी गर्दा लगानीकर्ताको हैसियतबाट पाउने अमेरिकाको ग्रिनकार्ड स्वीकृत भएको रेर्कड बढी छ त्यो विषयमा पनि जानकारी लिनु पर्दछ। किनकि अमेरिकी अद्यागमन विभागले राम्रा क्षेत्रीय स्तरका निकायहरुमा लगानी गरेको भए मात्र लगानीकर्ताको ग्रिनकार्ड स्वीकृत गरेको हुन्छ। अमेरिकी अद्यागमन विभागले हाल सम्म इबि ५ का ३२५ भन्दा रिजनल सेण्टरलाई स्वीकृत प्रदान गरेको छ। यसरी स्वीकृत भएका निकाय मध्ये नियमानुसार काम नगरेका कतिपय सेण्टरको ईजाजत खारेज पनि गरिएको छ।सेण्टरको विवरण पाउन तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.uscis.gov/working-united-states/permanent-workers/employment-based-immigration-fifth-preference-eb-5/immigrant-investor-regional-centers
=====================
विनोद रोका, एर्टनी एट ल, लामो समय देखि कानुन व्यवसायमा संलग्न हुनुहुृन्छ। रोकाको ल अफिस न्युर्योक सहरको ऊडसाईड क्वीन्समा रहेको छ। प्रस्तुत लेख पाठकको सामान्य जानकारीको लागि मात्र हो सल्लाहको लागि होइन। तपाईँको कुनै कानुनी समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको फोन ७१८ ६०६ ९७३३ मा सम्पर्क राख्नु होला । अरू जानकारीका लागि www.binodlaw.com मा क्लिक गर्नुहोस्।