शरणार्थीको निवेदनमा चाडो निर्णय गर भनि अदालतले वाध्य गराऊन नसक्ने।

विनोद रोका, एर्टनी एट ल, न्युर्योक
अमेरीकी अद्यागमन विभाग समक्ष शरणार्थीको निवेदन दिने विदेशीहरुले अद्यागमन कार्यालयबाट कानुनन २१ दिन भित्र निवेदकनको रशिद र फिंगरप्रिण्टको सुचना पाईसक्नु पर्छ। निवेदन पाएको ४३ दिन भित्र अद्यागमन कार्यालयले अन्र्तवार्ता लिनुपर्ने र ६० दिन भित्र निर्णय गरिसक्नु पर्ने व्यवस्था रहेको छ। तर धेरै संख्यामा शरणार्थीको निवेदन परेको कारणले साधान र श्रोतको अभावमा अद्यागमन विभागले तोकिएको म्याद भित्र निरुपण गर्न सकिरहेको छैन। जस्ले गर्दा शरणार्थीको दर्जा पाऊ भनि निवेदन दिने विदेशीहरुले अन्र्तवार्ताका लागि अमेरीकाको विभिन्न राज्यहरुमा १ बर्ष देखि २ बर्ष भन्दा बढी समयसमम्म पर्खनु परिरहेको छ। सामान्यतया शरणार्थीको निवेदन अमेरीकामा आएको १ बर्ष भित्र दर्ता गरी सक्नु पर्दछ।

अद्यागमन कार्यालयका अधिकारीहरुले ६० दिन भित्र शरणार्थीको निवेदनमा निर्णय गरिसक्नु पर्ने भएता पनि बर्षाैसम्म निर्णय नगरेका कारणले शरणार्थीको निवेदन दिने तमाम विदेशीहरुको सम्वैधानिक तथा कानुनी अधिकारमा आघात पुगेको हुदा कानुनले तोकेको म्याद भित्रै शरणार्थीहरुले दिएको निवेदनमा निर्णय गर्नका लागि निषेधाज्ञा लगायतका अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाऊ भनि दोश्रो सर्किट कोर्ट समक्ष दिएको निवेदनमा अदालतले भरखरै कानुनले ४३ दिन भित्रै अन्र्तवार्ता लिई ६० दिनभित्रै शरणार्थीको निवेदनमा निर्णय दिनुपर्ने व्यवस्था गरेको भएता पनि तोकिएको म्याद भित्र निर्णय नगर्दाको अवस्थामा के सजाय हुन्छ भन्ने कर्तव्यको व्यवस्था नगरिएको हुदा तोकिएको दिन भित्रै निर्णय गर्नु भनि आदेश जारी गर्न नमिल्ने भन्ने निर्णय गरेको छ। यस्तै आदेश अरु अमेरीकी सर्किट कोर्टहरुले पनि गरिसकेको अवस्थामा शरणार्थीको लागि निवेदन दिने निवेदनकर्ता विदेशीहरुले आफनो अन्र्तवाताको पालो पर्खनुको विकल्प छैन। त्यस्तै यो समस्या अद्यागमन अदालतमा पनि रहेको छ। यो समस्या पनि न्यायाधिशको संख्यामा कमी र शरणार्थी लगायतका सुविधा पाऊ भनि देश निष्कासनको अभियोगको प्रतिरक्षामा विदेशीहरुले लिने निवेदनको संख्या अत्यधिक रहेकोले गर्दा आएको हो।

अमेरिकी कानुन अनुसार शरणार्थीको दर्जा पाऊनका लागि निवेदकले आफुलाई आफनो देशमा वा आफनो देश बाहिरको अन्य देशलाई अन्तीम बसोबासको थलो बनाएको भए त्यो देशमा समेत आफुलाई त्यो देशको सरकार वा सरकारले पनि नियन्त्रणमा लिन नसकेको विद्रोही समुहले अमेरीका आऊनु भन्दा अगाडी आफुलाई सारिरिक तथा मानसिक यातना एवं आर्थिक क्षती पुरयाएको कारणले देशको अन्य कुनै भागमा गएर पनि सुरछित रुपले बस्न नसक्ने अवस्था रहेको र फर्किएर गएको खण्डमा सरकार वा तीनै शक्ति वा समुहले शारिरिक यातना दिन सक्ने सम्भावना रहेको तथ्य प्रमाणित गर्न ुपर्दछ। यदि विगतमा त्यस्तो यातना नभएको तर फर्किएर जादाको अवस्थामा यातना दिईने सम्भावना छ भन्ने प्रमाणीत हुन्छ भने पनि शरणार्थीको दर्जा पाऊन सकिन्छ। तर यस्तो यातना, दुख, वा क्ष्यती भने जात, धर्म, राष्ट्र्यिता, राजनैतिक विचारधारा तथा निश्चित वा चिनिन सकिने सामाजिक समुहको सदस्य भएको आधार मध्ये कुनै एक वा सबैमा जोडिएको छ भनि प्रमाणित गर्नु पर्दछ। शरणार्थीको निवेदन दिने व्यक्तिले विगतमा भएको यातना प्रमाणीत गरेर मात्र पुग्दैन। निवेदकले फर्किएर गएको खण्डमा पनि त्यस्तो दुख वा यातना पाऊन सक्ने सम्भावना रहेको छ भन्ने विश्वास निर्णयकर्तालाई दिलाऊन सक्नु पर्दछ। यस्तो विश्वास लेखिएको कथा र पेश गरिएको प्रमाणले मात्र होईन कि निवेदकले अन्र्तवार्ता दिदाका वखत आफना भनाई राख्दा खेरी देखाएको हाव, भाऊ, र स्वभावमा पनि अभिव्यक्त भएको हुनु पर्दछ। सार्वजनिक रुपबाट निस्कीएका तथ्यांक अनुसार एजेण्ट र नोटरीयो जस्ता गैरपेशेवरको सहायताले शरणार्थीको विनेदन दिने विदेशीहरुको निवेदन कम स्वीकृत हुने र अद्यागमन वकिलको सेवा लिने विदेशीहरुले शरणार्थीको निवेदनमा सफलता पाऊने गरेको पाईन्छ।

विश्वभरीबाट दुख र यातना पाएर स्वतन्त्रता र समानताको मिसाल बोकेको सपनाको देश अमेरीकामा आएर शरणार्थीको निवेदन दिने विदेशीहरुको संख्या बढदै गएता पनि अमेरीकी सरकारले आफनो साधन र श्रोतले अमेरीकी अद्यागमन कनुनले तोकेको समय भित्र नै निवेदनमा निर्णय दिन सकिरहेको छैन। तोकिएको म्याद भित्रै शरणार्थीको निवेदनमा निर्णय भै आफनो निवेदन स्वीकृत भएको खण्डमा विदेशीहरुले आफनो श्रीमान।श्रीमती र २१ बर्ष भन्दा मुनीका unmarried नावालख नानीहरुलाई समेत अमेरीकामा ल्याऊन पाऊने हुदा यस्ता विदेशीहरुले परिवारसंग चाडै मिलन हुने सपना बोकेका हुन्छन। समयमा नै शरणार्थीको निवेदनमा निर्णय नहुदा निवेदकहरुको जिवन कष्टप्रद हुन पुग्दछ।

शरणार्थीको निवेदकहरुले आफनो निवेदनमा अद्यागमन कार्यालयले १८० दिनसम्म पनि निर्णय नगरेमा अमेरीकामा काम गर्न पाऊने कागज अर्थात वर्क अथराईजेशन र सोको आधारमा सोसल सेक्युरीटी नम्वर पाऊने व्यवस्था रहेपनि परिवारसंगको लामो विछोड र अनिर्णको कारणले विदेशीहरुले मानससिक तनाव र पिडामा आफनो जिवन व्यत्तित गनुपर्ने हुन्छ। अमेरीकी अद्यागमन विभागले डिसेम्बर २०१५ मा प्रकाशित गरेको सुचना अनुसार प्राथमीकताको सुचीमा नपरेको शरणार्थीका निवेदकहरुले अन्र्तवार्ताका लागि पर्खनु पर्ने समय निम्नलिखित अद्यागमन कार्यालयमा यस प्रकार रहेको देखिन्छ।

This chart will be updated monthly. Please check back for updated information.

Arlington, VA December 2015 who filed in September 2013
November 2015 who filed in September 2013
October 2015 who filed in August 2013
Chicago, IL* December 2015 who filed in May 2013
November 2015 who filed in May 2013
October 2015 who filed in May 2013
Houston, TX* December 2015 April who filed in May 2014
November 2015 who filed in April – May 2014
October 2015 April who filed in May 2014
October 2015 April who filed in May 2014
Los Angeles, CA* December 2015 who filed in August 2011
November 2015 who filed in August 2011
October 2015 who filed in August 2011
Miami, FL* December 2015 who filed in April 2013
November 2015 who filed in February 2013
October 2015 who filed in February 2013
Newark, NJ December 2015 who filed in June 2013
November 2015 who filed in June 2013
October 2015 who filed May ­ June 2013
New York, NY December 2015 who filed in June 2014
November 2015 who filed in May 2014
October 2015 who filed in Feb. – March 2014
San Francisco, CA December 2015 who filed in November 2013
November 2015 who filed in October 2013
October 2015 who filed in September 2013
https://www.uscis.gov/humanitarian/refugees-asylum/asylum/affirmative-asylum-scheduling-bulletin

अद्यागमन विभागले प्राथमिकताको आधारमा शरणार्थीको निवेदन निरुपण गर्ने पहिलो श्रेणीमा पालो आएका तर केही कारणले मुद्दाको सुनुवाई सारी पाऊ भनि दिएको निवेदनको आधारमा अन्र्तवार्ताको मिति सारीएका निवेदनहरु। दोश्रो श्रेणीमा नावालखकरुले दिएका निवेदनहरु। र तेश्रो श्रेणीमा भने निवेदन दर्ता गरिएको मितिको आधारमा क्रमश शरणार्थीको निवेदनको अन्र्तवार्ता गरिने व्यहोरो जनाएको छ। तर विशेष कारणवश मुद्दाको सुनुवाई चाडै गरिनु पर्ने कुनै खास परिस्थीती परेको छ भने निवेदकले अद्यागमन कार्यालय समक्ष अग्राधिकारमा राखी आफनो शरणार्थीको निवेदनको सुनुवाई गरि पाऊ भनि निवेदन दिन सक्दछन।
===========================================================================================================================================================
+ (विनोद रोका, न्यूयोर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एटर्नी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूयोर्क ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ । हाम्रो कानुनी सेवाप्रति तपाईंको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ । तपाईको अमेरिकी अद्यागमन र न्यूयोर्क राज्यको कानुन सम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत निःशुल्क कानुनी सल्लाहको लागि रोकालाई वहाँको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com र www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुनेछ।+