अमेरीकाका संस्थाले नेपालमा राहात पठाऊदा यसो गरे कसो होला ?

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक
नेपालमा हालै आएका भुकम्पका कारणले पुग्न गएको जन र धनको क्षतीले प्रवाशमा बस्ने नेपाली र विदेशीहरुको मन पनि रुएको छ। त्यसैले सहयोगको लागि आ आफना क्षेत्रबाट सबैजना लागि परेका छन। त्यसमध्ये अमेरीकामा रहेका नेपालीहरुले विभिन्न राज्यमा स्थापना गरेका नट फर प्रफिट संस्थाहरुले पनि राहातको लागि भनेर रकम ऊठाईरहेका र कतिपय संस्थाले अमेरीकी संघिय सरकारको आईआरएसबाट ५०१(सी)(३) tax-exempt under section 501(c)(3) of the Internal Revenue Code,अनुसार ट्याक्स छुटको सुविधा पनि पाएका छन। यस्ता संस्थाहरुले बनाएका आर्टिकल अफ एसोशिएसन अनि बाईलज (प्रवन्धपत्र र नियमावली)मा सामान्यतया आफनो कार्यक्षेत्र अमेरीका तोकेका हुन्छन। अत. यसरी अमेरीकामा एऊटा निश्चित उदेस्यका कार्यक्षेत्र तोकेर आईआरएसबाट सोही तोकिएको काम गर्ने शर्तमा कर छुृटको सुविधा पाएका संस्थाले दायरा भन्दा बाहिर गै खर्च गर्दा भोली आईआरएसले सोधखोज गर्ने सम्भावना रहन्छ। अत. नेपालमा अहिलेको अबस्थामा आफनो दायरा भन्दा बाहिर पर्ने गरी उठाइएको राहतको रकम अमेरीकाबाट पठाऊदा कतिपय संस्थाहरुले संस्थाको प्रवन्धपत्र एवं नियमावलीमा शंसोधन गरी आईआरएसबाट फेरी स्विकृत लिनुृ ऊचित हुन्छ भनि केहि समय अगाडी सिपिए बिराज रिजालजीले पनि मलाई छलफलको सन्र्दभमा भन्नु भएको थियो। अत आईआरएसबाट कर छुटको सुविधा पाएका नेपालीहरुद्धारा स्थापित संस्थाहरुको ऊदेस्यमा अमेरीका भन्दा बाहिर गै सेवा दिने भन्ने उल्लेख भएको छैन र आईआरएसबाट कर छुृट पाऊदा पनि सोही व्यहोरा उल्लेख भएको अधारमा पाइएको छ भने ऊठाएको पैसा प्रकृया नपुरयाई नेपाल पठाऊदा पछाडी समस्या ऊल्पन्न हुने सम्भावना रहन्छ नै। तसर्थ यस्तो परिस्थितीमा एनआरएन एनसिसि अफ अमेरीकाको आफनो संस्थाको प्रवन्धपत्र र विधानमा अमेरीका भन्दा बाहिर अर्थात नेपालमा पनि सेवा प्रदान गर्ने सक्ने प्रावधान ऊल्लेख भएको भए अमेरीकाको विभिन्न राज्यमा रहेका संस्थाले उठाएको राहतको रकम यहि संस्था माफर्त ती संस्थाहरुले चाहेको क्षेत्र वा योजनामा खर्च गर्न पाऊने गरी नेपालमा पठाऊदा राम्रो हुन सक्दछ। त्यस्को लागि छाता संस्था एनआरएन एनसिसि अफ अमेरीकाकाले नेतृत्व लिई अमेरीकामा रहेका अन्य संस्थाहरुसंग सहकार्य गर्दा राम्रो हुन्छ। यहाहरुको बिचारमा यस्तो राहतको काम यसरी गरे कसो होला?