Temporary Protected Status (TPS) के हो र कहिले आउला?

विनोद रोका
Temporary Protected Status (TPS) भन्नाले अमेरिकी राष्ट्रपति वा अमेरिकी सरकारका एटर्नी जनरलबाट प्रत्याभूत अधिकारको प्रयोग गरी अद्यागमन विभागका सचिवले अमेरिकामा बसिरहेका तर देशमा घटेको सैनिक विद्रोह, प्राकृतिक प्रकोप र भुकम्प जस्ता कारणले गर्दा फर्केर जान असुरक्षित व्यक्तिहरुलाई दिईने अस्थायी सुविधा हो ।
यो सुविधा दिंदा त्यस्ता देशले फर्किएर जाने व्यक्तिलाई सुरक्षाको प्रत्याभूति दिन नसक्ने अवस्था देखिएपछि त्यस्ता देशलाई असुरक्षित देशको सूचीमा राखी यो टीपीएसको सुविधा दिईन्छ । यो सुविधा दिनका लगि अद्यागमन बिभागको सचिवलाई अमेरिकी अद्यागमन कानुनको दफा २४४ ले अधिकार प्रदान गरेको छ । यद्यपि यो सुविधा दिने सूचीमा कुनै पनि देशलाई राख्नुभन्दा अगाडी सचिवले अमेरिकी सरकारका अन्य निकायहरुसँग परामर्श गर्दछन् ।
यो सुविधा दिनका लागि सम्वन्धित देशको सरकारबाट अनुरोध गर्नैपर्छ भन्ने छैन, यदि सचिवलाई आपत परेको देशका नागरिकलाई उक्त देशमा भुकम्पको कारणले उब्जिएको असाधारण अवस्थामा सुरक्षित रुपबाट अमेरिकामा रहेका त्यस देशका नागरिकहरु फर्कन र बस्न सक्दैनन् भन्ने लागेमा । हालै नेपालमा गएको ७.८ म्याग्नेच्युटको भृकम्पबाट ७ हजार भन्दा बढी व्यक्तिहरुको मृत्यृ भएको छ, हजारौं संख्यामा व्यक्तिहरु अझै भेट्टिएका छैनन् भने हजारौं व्यक्तिहरु घरबारविहिन भएका छन् । अनि नेपाल सरकारले ती क्षेत्रहरुमा यत्तिका दिन वितिसक्दा पनि राहतको सामाग्री पुर्याउन नसकेको अवस्थामा अद्यागमन सचिवलाई नेपालमा देखिएको असाधारण परिस्थितिको कारण देखाई टिपिएसको सृविधा अमेरीकीमा रहेका नेपालीहरुलाई दिनृपर्छ भनि नेपाल सरकारबाट अनुरोध नआएपनि सचिव अमेरिकी सरकार र यसका निकायहरुबाट जानकार रहेका छन् । त्यसैले अमेरिकी सरकारले नेपालका भृकम्प पीडितहरुका लागि राहतको घोषणा गरी आफ्नो साधन र श्रोतको परिचालन पनि गरिसकेको अवस्था छ ।
अहिले अमेरिकाको कांग्रेसमा प्रतिनिधित्व गर्ने दुईजना कांग्रेसमेनले नेपालीहरुलाई टीपीएसको सुविधा दिईनु पर्दछ भन्ने प्रस्ताव पेश गरेका छन् भने केही सिनेटरहरुले यस बारेमा अमेरिकी राष्ट्रपतिलाई अनुरोध समेत गरेका छन् । त्यस्तै अमेरिकामा रहेका नेपालीहरुले पनि १ लाखको संख्यामा हस्ताक्षर जुटाई राष्ट्रपतिलाई यो सुविधा दिईनु पर्दछ भनि सामुहिक निवेदनको सुरुवात गरेका छन् । तर यो दिएको निवेदनकै आधारमा राष्ट्रपतिले सुविधा दिन्छन भन्ने होईन ।यो सामुहिक प्रयासबाट अमेरिकामा बसिरहेका नेपालीहरुले टीपीएसको सुविधा पाउने सम्भावना बढेको भएता पनि आधिकारिक घोषणा र पाउनका लागि अपनाउनु पर्ने प्रकृया भने सृरु भैसकेको छैन ।
यो सुविधा पाउने सूचीमा नेपाललाई अमेरिकी सरकारले राखेमा नेपालमा भृकम्प गएको मिति २५ अप्रिल वा सो भन्दा अगाडीदेखि अमेरिकी सरकारले निकालेको आधिकारीक सूचनाको मितिसम्ममा निरन्तर रुपबाट अमेरिकामा बसी रहेका नेपालीहरुले यो सुविधा पाउन सक्दछन् । यस्तो सुविधा पहिलो पटक १८ महिना सम्मका लागि दिईन्छ । यो सुविधा पाउनका लागि आफु नेपाली नागरिक भएको र अमेरिकामा २५ अप्रिल २०१५ देखि लगातार बसोबास गरीरहेको प्रमाण पेश गर्नु पर्दछ । यो सुविधा शरणार्थीको निवेदन वा अन्य निवेदन दिएर सुविधा नपाउने ठहर भै हालसम्म अमेरिकामा बसोबास गरिरहेका वा देश निष्कासनको प्रतिक्षा गरी कारागारमा रहेका कैयौं नेपालीहरुले पनि पाउन सक्दछन् । तर अपराध गरे वापतमा सजाय पाएका व्यक्तिहरुले भने यो सुविधा नपाउने सम्भावना रहन सक्दछ । अतः यो सुविधाको लागि निवेदन दिनुभन्दा अगाडी अद्यागमनको वकिलसँग परामर्श लिनु आवश्यक हुन्छ । टीपीएसको सुविधाले स्टाटस भने दिदैन।यो सुविधाको समय सकिएपछि व्यक्ति फेरि पहिलाकै स्टाटसमा फर्कन्छ ।

१८ महिनाको लागि टीपीएसको सुविधा पाउने व्यक्तिले अमेरिकामा काम गर्ने वर्क अथराईजेशन पाउँछन् । साथै आफ्नो देशमा जानका लागि ट्राभल डकुमेण्ट पनि लिन सक्दछन् । तर आफ्नो देशमा गएर अमेरिकामा फर्किदाको अवस्थामा समस्या आउन सक्ने सम्भावना रहन्छ । किनकि अमेरिकामा ६ महिनादेखि १ बर्षसम्म अनधिकृत रुपबाट बसेको व्यक्तिको हकमा ३ बर्षसम्म र १ बर्षभन्दा बढी समयसम्म अनधिकृत रुपबाट बसोबास गरेको अवस्थामा अमेरीकामा १० बर्षसम्म पस्न र बस्न पाईदैन । त्यस्तै तोकिएका फौज्दारी अपराधमा सजाय पाएका व्यक्तिहरु पनि अमेरिकामा पस्न र बस्नका लागि योग्य ठहरिदैनन् । तसर्थ यो सुविधा पाएका व्यक्तिहरुले ट्राभल डकुमेण्ट लिएर नेपाल फर्कदा बिचार गर्नुपर्दछ ।
५ मे २०१५ का दिन अमेरीकी अद्यागमन विभागले विपत्तीको बेलामा विदेशीहरुलाई दिने धेरै अस्थायी सृविधा मध्येका केही सृविधाहरु तत्कालै प्रदान गर्ने घोषणा गरेको छ। http://www.uscis.gov/news/alerts/immigration-relief-measures-nepali-nationals तर यी सृविधाहरुले टिपिएसले दिने जस्ता फाईदा दिदैनन।यी सृविधाहरु असाधारण अवस्था परेको अवस्थामा जस्लाई पनि दिईन्छन।यो सृविधाका लागि छृटृै आदेश निकाल्नृ पर्दैन। यी सृविधा भनेका अस्थायी भिषाको म्याद बढाऊन ढिला भएपनि निवेदन दिन पाऊने, एऊटा वर्गको भिषाबाट अर्को अस्थायी भिषामा परिवर्तन गराऊने, जस्तोकी बि१।२ ले विद्यार्थी वा अरु यस्तै भिषामा। अमेरीकामा अस्थायी रुपबाट बस्ने सृविधा पाएका पेरोलीहरुले फेरी अरु लामो समयसम्मको लागि बस्न पाऊ भन्न सक्ने। तर पहिला पेरोल नपाएका व्यक्तिहरुले यो सृविधा पाऊदैनन।क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले अध्ययनलाई निरन्तरता दिन देशमा भएको प्राकृतीक प्रकोपले गर्दा ज्यादै आर्थिक कठिनाई परेको कारण दर्साई क्याम्पस बाहिर काम गर्न पाऊ भनि निवेदन दिन सक्ने। वर्कअथराईजेशनको निवेदन दिएका व्यक्तिहरुले चाडो स्विकृत गरि पाऊ भनि विनेदन दिन सक्ने। अद्यागम विभागले पठाएको ग्रिनकार्ड, ट्रभल डकृमेण्ट हराएका वा नष्ट भै पाmउनका लागि फेरी निवेदन गर्दा लाग्ने फिस तिर्न असमर्थ भएमा माफी पाऊ भनि निवेदन दिन पाऊने। आदि व्यवस्था मात्र हृन। अत टिपिएसले दिने सृविधा जस्तै हो भनि भ्रममा पर्नृ हृदैन। कतिपयले यही सृचनालाई आधार बनाई फाराम भराऊने काम पनि गर्न थालेको भन्ने हल्ला पनि चल्न थालेको अवस्थामा ठगहरुबाट सावाधान हृनृ पर्दछ।
टीपीएसको सुविधा पाउनका लागि फाराम भर्ने त हो नि भनि एजेण्ट, समाजसेवी, र नेताहरुको सहयोग लिनुभन्दा अद्यागमन वकिलको सल्लाह र सेवा लिनु उचित हुन्छ । यदि सेवा वापतको शुल्क तिर्ने क्षमता छैन भने निःशुल्क सेवाको अनुरोध गर्ने वा निःशुल्क सेवा दिने वकिलहरुको संस्थामा सम्पर्क राख्नु ऊचित हुन्छ । यो सुविधा पाउने भनि जबसम्म अमेरिकी अद्यागमन बिभागले आफ्नो वेभसाईट – http://www.uscis.gov/ _मा आधिकारिक सूचना निकाल्दैन तबसम्म हल्लाको भरमा ठगहरुको शरणमा पुग्नबाट जोगिनु पर्दछ ।

(विनोद रोका, न्यूयोर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एटर्नी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूयोर्क ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ । हाम्रो कानुनी सेवाप्रति तपाईंको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ । तपाईको अमेरिकी अद्यागमन र न्यूयोर्क राज्यको कानुन सम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत निःशुल्क कानुनी सल्लाहको लागि रोकालाई वहाँको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com र www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुनेछ।++_