अब आई ९४ को अभिलेख सीबिपिको वेबसाईटमा हेर्न सकिने।

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक

U.S. Customs and Border Protection (CBP) n] April 30, 2013 देखि अमेरीकामा अस्थायी रुपबाट हवाईजहाजबाट आऊने र जाने केही वर्गका आप्रवासीहरुलाई (Non-immigrants) दिदै आएको अभिलेख आइ ९४ फाराम (Form I-94) कागजको सटृा आप्रवासीको पासपोर्टमा नै छाप हालीदिने र त्यसको विद्युतिय अभिलेख आफनो कमप्युर सिस्टमा राख्न थालेको छ। यसरी राखिएको अभिलेख आप्रवासीले आफुलाई चाहिएको बेला सिबिपिको वेबसाईट www.cbp.gov/I94 बाट प्रिण्ट गरेर लिन सक्ने छन। आप्रवासीले सिविपिका अधिकारीसंग आई ९४ को कागजी प्रमाण मागेको खण्डमा अधिकारीले दोश्रो श्रेणीको प्रमाणको रुपमा आप्रवाशीलाई कागजी रुपको आई ९४ पनि उपलव्ध गराईदिन सक्दछ।

तर स्थलगत बाटोबाट वोर्डरमा जाचपास गराई आऊने आप्रवासीहरुलाई भने पहिला मmै कागजी आई ९४ दिइने छ। त्यस्तै यो नया व्यवस्था शरणार्थी र पेरोलीहरुको हकमा भने जुनसुकै तरिकाबाट अमेरीका आएपनि लागु हुने छैन। यीनीहरुले पनि पहिला मmै कागजमा फाराम आई ९४ नै पाऊने छन।

सिबिपिले आप्रवासीको पासपोर्टमा आइ ९४ को स्टाम्प हानी त्यस्को अभिलेख कम्प्युटर प्रणालीमा राखिसकेपछि आप्रवासीले अमेरीकामा विधिवत रुपबाट सिबिपिका अधिकार प्राप्त अधिकारीद्धारा जाचपास गराई प्रवेश गरेको र आफुनो अमेरीकामा बस्न पाऊने समय यो समयसम्म हो भन्ने कुरा प्रमाणित गर्न अन्य कागजी प्रमाण जुटाऊन पर्ने अवस्था पर्दैन। यद्यपि आफनो आई ९४ को अभिलेख सिविपिको वेबसाईटमा गै प्रिण्ट गरेरे राख्नु सधै उचित हुन्छ। किनकि पासपोर्ट हराएको अवस्थामा वा पासपोर्ट आफृसंग नभएको अवस्थामा त्यो प्रिण्टआऊटले पनि आफनो स्टाटस प्रमाणीत गर्न मद्दत गर्दछ। वा हराएको खण्डमा प्रतिलिपि पाऊनका लागि अर्को आइ १०२ फाराम भरेर त्यस बापतको सरकारी दस्तुर ३३० डलर बुमmाउनु पर्दैन।

आई ९४ को अभिलेख आप्रवासीका हकमा अमेरीकाको ग्रिनकार्ड नपाऊन्जेल सम्मका लागि अति नै आवस्यक पर्ने अभिलेख हो। आप्रवाशी अमेरीकामा कामगर्ने भिषा पाएर आएको भएता पनि निजले ड्रईभर लाईसेन्स, सोसल सेक्युरिटी नम्बर लगायतका अन्य कतिपय सुविधाहरु पाऊनका लागि यो आई ९४ को अभिलेख देखाऊन पर्दछ। आप्रवासीले आफु अमेरीकामा कामगर्ने भिषा पाएर काम गरिरहेको वा कामगर्ने भिषा आफु संंग रहेको प्रमाणको रुपमा आई ९४ को प्रिण्टआऊट देखाऊनु नै प्रयाप्त हुन्छ।

आप्रवासीले आफनो पासपोर्टमा लागेको स्टाम्पमा सामान्यतया आफनो नाम, जन्म मिति, भिषाको किसिम, प्रवेश गरेको ठाऊ र मिति अनि कहिले सम्मका लागि अमेरीकामा अस्थायी रुपबाट बस्न पाऊने हो त्यो विवरण उल्लेख भएको हुन्छ। अत आप्रवासीले आफनो पासपोर्टमा लागेको स्टाम्पको आधारमा सिबिपिले तयार गरेको विद्युतिय अभिलेखमा पासपोर्ट बमोजिमको विवरण दुरुस्त छ कि छैन भनि हेर्नु पर्दछ किनकि कतिपय अवस्थामा धेरैदिन पछि कहिले नाम, कहिले जन्ममिति त कहिले भिषाको किसिम आदिमा गल्ती भएको भेटिन्छ र सच्याऊन जादा धेरै कठिनाई पर्न सक्दछ। आप्रवासीले सिबिपिको वेबसाईटमा आफनो पासपोर्टमा लागेको आई ९४ मा रहेको अभिलेख सही छ कि छैन भनि पत्ता लगाऊनका लागि जाच्नुपर्दा आफनो पासपोर्टमा रहेको नाम, थर र जन्ममितिराखेर हेर्न सक्दछन। http://www.cbp.gov/xp/cgov/travel/id_visa/i-94_instructions/i94_rollout.xml यदि यसरी हेर्दा त्यस्तो गल्ती भएको देखिएमा तुरुन्तै सिबिपिको डिर्फरड ईन्सपेक्सन अफिस समक्ष गै सम्वन्धित अधिकारीलाइ भनेर सच्याऊन पर्दछ।

अमेरीकामा ग्रिनकार्ड पाऊनका लागि अन्य कानुनी व्यवस्थाका अतिरिक्त आप्रवासीले आफु अमेरीकामा प्रवेश गर्दा अमेरीकी सरकारद्धारा तोकिएको नाकाबाट सिबिपिका अधिकारीद्धारा जाचपास गराएर प्रवेश गरेको हो भन्ने कुरा प्रमाणित गराऊन पर्दछ। यो तथ्य प्रमाणित गराऊन नसक्दा अमेरिकाको ग्रिनकार्ड पाऊन सकिदैन। यसरी अमेरीकमा विधिवत रुपबाट प्रवेश भएको तथ्य प्रमाणित गर्ने अभिलेख भनेको आई ९४ भएको हुदा यो अभिलेख अमेरीकाको ग्रिनकार्ड नपाऊन्जेलसम्म आप्रवासीको लागि कहिले पनि नहराईकन राख्नुपर्ने कागज हो भन्नु अतिसयोक्ति हुदैन।