न्युर्योकको दशैं उमेरसंगै बुढो हुदैछ पशुपतिनाथ र बुद्धमन्दीरको सपना बोकेर

विनोद रोका, एर्टनी एट ल, न्युर्योकं

लाग्छ उमेर संगै जाडवाडहरु पनि बुढयौलीतिर जान्छन। त्यसैले पनि हो कि न्युर्योकमा केही बर्षदेखि आफुले मनाऊदै आएको दशैको अनुभव यस्तै भैरहेको छ। विगत ९ बर्षदेखि हेडसर अर्थात विष्णुदाईले न्युर्योकमा सनातन धर्म सेवा समितिका तर्फबाट न्युर्योकको नेपालीहरुको घनाबस्ती र सबवेको नजीक क्वीन्स क्षेत्रमा पशुपति बुद्ध मन्दीरको स्थापना गर्ने लक्ष्य राखी अगाडी बढीरहेको संस्थाले 34-63 56 Street, Woodside, NY 11377 स्थित दिव्यधाम मन्दीरमा हिन्दुहरुको विभिन्न महत्वपुर्ण जाडपर्वहरुमा पुजा अचर्नानको व्यवस्था गर्दै आऊनु भएको छ। जातमा क्षेत्री भएरपनि ब्राम्हणको आचरणमा रहने र मन्दीरमा पुजापनि आफैले विधिपुर्वक गरेको देखि आफुलाई पनि वहाको सहयोगि बन्न मन लागेको हुदा प्रभातजी, किरण, राजेन्द्र र गिरिजाजी लगायतका अन्य साथीहरुको समुहमा म पनि संलग्न भएको छु । मन्दीर बनाऊन वा किन्न दशलाख भन्दा बढी रकमको जोहो हुनुपर्ने र मन्दीर संचालनका लागि मासिक पांचहजारको हाराहारीको बजेटको आवस्यकता पर्न सक्ने अनुमान गरिन्छ। यस्का लागि एकजना भारतीयमुलका अमेरीकी भक्तले राम्रो सहायता गर्ने बचन पनि दिनुभएको हुदा अन्य नेपाली र गैरनेपाली भक्तजनहरुको सहयोगले नेपालकै गौरव र चिनारीसंग गासिएका पशुपतिनाथ र बुद्धको मन्दीर निर्माणको कार्य विश्वकै राजधानी भनेर चिनेने न्युर्योक शहरमा रहनु हिन्दु र बुद्ध धर्मालम्वीहरुको लागि गौरवको विषय हुन्छ। अत यस्तो कार्यमा सहयोगी हात बढाऊनु म जस्तो वेदान्तीय सनातन धर्म दर्शनले भने बमोजिम पूर्वजन्ममा विश्वास राख्ने अनि आफनो अतृत्प चाहाना पुरा गर्न खाली हात पृथ्वीमा आएको मानीस मरेपछि पनि खाली हात त्यही पाप र पुण्यका संचित अंशहरुमात्र लिएर जाने हुदा कमसेकम यस्ता काममा सहभागी भए मर्तमानमा शान्ति र मृत्युपर्यन्त मुक्ती नपाएपनि पुर्नजन्म हुदा पुण्यको र्अश आत्मासंग टास्सियो भने आऊने जन्ममा सदभाव, प्रेम, र स्नेह बाडने अनि धर्मको आचरण गरी सत्मकर्ममा रमाऊने स्वजनहरुका बिचमा परियला कि भन्ने आश लाग्छ यो उमेरमा आएपछि। जुन केटाकेटी र जवान हुदाका अवस्थामा आऊदैनथ्यो।

केटाकेटी र जवान हुदाका अवस्थामा आफनो खोटांगको चुईचुम्मा खुतुम्बुगाऊमा दौतरी साथीभाईहरुसंग मनाएको दशै र तिहारको सम्मmना आऊदा अहिलेपनि रमाईलो लाग्छ मिल्नेभए गएर फेरी त्यसरी नै मनाऊ दशै। अतीतका स्मरणहरुमा दशैमा घर रंगाऊन चाहिने रातो माटो र सेतो कमेरो लिन डोको बोकी रातमाटे र कमेरेखेत तिर लाग्नु सुसेल्दै लिंगेपिङ हाल्नु। दशैका लागि आम्बोटे स्कुलमा नाटक र सांस्कृतीक कार्यक्रमका लागि खटिनु। जमरामा पानी हाल्नु। कुटो र कोदालो बोकेर बर्षाले विगारेको बाटो बनाऊन गाऊलेहरुसंगै हिडनु। परदेशबाट दशैका लागि जागीरेहरु रेडियो बजाऊदै घर आऊन थाल्दा भने साच्चै अवचाहि दशै नजीकै आएजस्तो भान हुन्थ्यो। हामी केटाकेटीहरुलाई जागिरे काकाहरुले बजीरहेको रेडियो बोक्नदिए भने त्यो भन्दा भाग्यवानी मान्छे अरु कोहीपनि छैन जस्तो लाग्दथ्यो।

बाहुनगाऊमा मधुबाजेले दशैमा सप्ताह पुराण लगाऊथे। आमा पुराण सुन्न जानुहुन्थ्यो र जानका लागि कर गर्नुहुन्थ्यो। भन्नुहुन्थ्यो केही ज्ञानगुनका कुरा सुन। तर मनले मान्दैनथ्यो । बरु पिङ मा वा परदेशबाट आएकाहरुका घरमा रेडियोकमा बजेका गित र कुरा सुन्न हिडिन्थ्यो। राती अबेरसम्म पिड० खेल्दै साथीहरुसंग मस्ती गरिन्थ्यो। यस्तो रमाईलो मज्जा छोडेर पुराण सुन्नमा मन जाने कुरै थिएन। आमाले सम्मझाउदा मानेन भनेर मामालाई सम्झाईदिन सिफारिस गर्नुहुन्थ्यो। गिता पाठ गर्ने मामाले धार्मिक प्रवृतीका तर्कहरु सुनेर आफु भन्ने गर्थे मामा तपाईको उमेरमा तपाईले भनेजस्तै गरौला नि। यदि तपाईले भने जस्तै जीवन मैले यो उमेरमा निर्वाहा गर्नलागे भने उमेर अनुसारको मज्जाको अनुभवै गर्न पाईएन नि? मामा भन्नुहुन्थ्यो हामीलाई सम्झाईदिने मानीस थिएनन भान्जा ? त्यसैले पढेर ज्ञानी मानीस हुन नसकि बिग्रियौ? अहिले पछुतो लाग्छ भन्दा मामालाई भनिन्थ्यो मामा अनुभव भनेको अर्काको होईन आफैले पो गरेर लिने हो आदि। अनि मामा पनि भन्नुहुन्थ्यो यी भान्जालाईसम्म सम्झाउन सकिदैन बहिनी छोडिदेउ। यो उमेरै यस्तो । अहिले लाग्छ केही कुरा वहाहरुका पनि ठिक थिए। सिकेको भए राम्रै हुनेरहेछ। अहिले मेनुकाले छोराछोरीहरुलाई मन्दीरमा हिड, सामmको प्रसाद र खाना बाडन सहयोग गर । धर्मकर्म गर्नपनि सिकन हौ छोराछोरीहो भन्छीन। तर उनीहरुको अरुनै वित्दो काम हुन्छ अनि जान नसक्ने तर्कहरु दिन्छन। म केही पनि भन्दीन। मेनुकाले मलाई भन्ने गर्छिन यो सबै तपाईले गर्दा हो। मैले मात्रै भन्नु पर्छ। बाबु भएको मान्छे तपाइले एक पटक भने मान्थे कि? म भन्छु तिनीहरु मान्दैनन मैले भनेर पनि। उनी रिसाऊदै फेरी प्रतिप्रश्न गर्छिन भन्दैनभनि कसरी थाहा पाऊनु भो मान्दैनन भनेर। म चुपचाप हुन्छु केही बोल्दीन। किनकि मेरो मानसपटमा मामा र मेरा बिचमा भएका विगतका सम्वादहरु मन्चन हुन थाल्दछन।

प्रसंग के थियो भने न्युर्योकमा यसपालीको दशै कसरी मनाऊने भन्ने । यसपाली हेडसर अर्थात विष्णुजी वहाको ससुरा नेपालमा सिकिस्त विरामी हुनुभएको कारणले गर्दा रिता भाऊजु हाल नेपाल जानुभएको छ। नवदुर्गाको पहिलो दिनमै वहाको नेपालमा देशवसान भएको हुदा वहाले मन्दीरमा दशैका लागि गरिनेसाझ को पुजा अर्चना नगर्ने हुनुभएको छ। अनि त्यस्को जिम्म हरिबाजेले लिनु भएको छ । यसपाली सामmको पुजापछि नेपाल गलेश्वर आश्रमका १००८ स्वामी आत्मानन्द गिरीजी महाराजबाट वेदान्तीय प्रवचन करिब आधा घण्टाको राखिएको छ नवदुर्गाभरी। मेरो लागि वहाको प्रवचन अर्को आर्कषणको विषय रहने छ। किनकि वहा वेदान्तमा राम्रो दखल भएको विद्धान हुनुहुन्छ। हामीले नजीकबाट कम संगत गरेपनि हिन्दी एंवं गुजराती समुदायमा वहाको वडो आदर र सम्मान हुन्छ। अनि उनीहरु वहाको प्रवचन सुन्न उत्सुकतापुर्वक प्रतिरक्षा गर्दछन। त्यसैले यसपाली पनि कोरोना, न्युर्योकमा रहेको गिता मन्दीरद्धारा वहाको अक्टोवर १६ देखि २५ सम्म दश दिनको प्रवचन राखिएको छ दशैपछि। तर हामीले आफनो मन्दीर नभएको हुदा त्यस्को चाजोपाजो मिलाऊन सकेनौ। मेरो स्मरणमा वहासंग सम्वन्धित विगतको बर्षको एउटा रोचक धटना आउछ यस बखत। किनकि मेरै ल अफिसमा युयस वनलाईनका लागि प्रदीप थापाजीले वहासंग अन्र्तवार्ता लिदा गुरुजीलाई सोध्नु भो हजुरको जन्म कहा भएको हो ?। पहिलो प्रश्नको उत्तरमा गुरुजीले मेरो शरिरको जन्म वा मेरो जन्मको बारेमा तपाईले सोध्नु भएको हो ? भन्ने प्रतिप्रश्न गर्नुभएपछि प्रदीपजीले हजुरको भनेपछि पुन वहाले मेरो जन्मै भएको छैन भन्ने जवाफ दिदा प्रदीपजीको लागि सहज वातावरण भएन एकक्षण स्तव्धता छायो । संयोगवस त्यसवेला प्रदीप गिरीदाई पनि त्यही हुनुभएकोले वहाले भन्नु भो प्रदीपभाई गुरुजीको प्रश्न आध्यात्मीक विषयसंग सम्वन्धित छ त्यसैले वहासंग शरिर र आत्माको विषयमा छुटृा छुट्टै प्रश्नहरु गर्नुहोस। त्यसपछि मात्र सही दिशातर्फ मोडियो । गुरुजीले शरिरको जन्म र मृत्यु हुन्छ तर आत्माको हुदैन। म आत्मा भएको हुदा मेरो जन्म भएको होईन। मेरो शरिरको जन्म भने कास्कीमा भएको हो भन्ने जवाफ दिनुभएपछि अन्र्तवाताको क्रम अगाडी बढेको थियो। अत आशा छ गुरुजीको छोटो प्रवचनले पनि हामीलाई हामी को हौ ? कहाबाट आयौ ? किन आयौ ? हाम्रो समाज र आफना प्रति के कर्तव्य छन ? आदिका बारेमा जानकारी हुने छ। र हामी अभ्यासद्धारा व्यवहारमा ती कुराहरु उर्तान थाल्ने छौ र आफनो जीवनलाई आनन्दीत बनाऊने छौ ।

आश गरेको छु आउदा बर्षहरुमा सनातन धर्म सेवा समिति न्युर्योकले नवदुर्गा भगवतीको कृपाले न्युर्योक शहरमा पशुपतिनाथ र बुद्धको मन्दीर बनाऊने छ। आफनै मन्दीरमा पुजाअर्चना गरी दशै, तिहार, तिज, शिवरात्री, कृष्णजन्माष्टमी जस्ता चाडपर्वहरु भव्यताकासाथ मनाऊने छ । र गुरुजीहरुका प्रवचन त्यही मन्दीरमा रहेको हलमा हुने छ। किनकि हामीहरुमा एउटा काम सुरु भएपछि त्यस्ले निरन्तरता पाऊने परम्परा छ। रिचउडमा दुर्गाको मन्दीर बन्दैछ। न्युर्योकको ज्याक्सनहाईट क्वीन्स जस्तो नेपालीहरुको बाग्लो बसोबास रहेको ठाऊमा हालसालै शेर्पा मित्रहरुले शेर्पा किन्दुकको लागि एउटा मन्दीर किनि सभा र पुजाअर्चना गर्ने नेपालीहरुको पहिलो सार्वजनीक स्थल बनाएर बधाई र धन्यवादका पात्रहरु बन्न पुग्नुभएको छ। शेर्पा मित्रहरुको एकता अनि सामाजीक र धार्मिक कार्यमा जुटने गरेको सहयोग देख्दा कहिले काहि आफुलाई किन शेर्पा भएर जन्मीएन छु जस्तो पनि लाग्छ।

हालसम्म मन्दीर बन्न नसक्नुको कारणको एउटा पाटो यस्तो रहेको आरोप पनि लाग्ने गर्छ । केही दिन अगाडी सिन्धु सोसाईटीले गरेको कार्यक्रममा किन्दुकको हलमा सहभागी हुदा किन्दुकका पुर्व अध्यक्ष कर्मा ग्याल्जेनजीसंग केहीबेर कुरा भयो। उन्ले गौरवका साथ भने हामीले एउटा सभाहल पनि भएको मन्दीर बनाऊछौ भनेर मैले भटृराइजी न्युर्योकमा आऊदा भनेको थिए। हेनुहोस आज हामीले गरेर देखाईदियौ । तपाईहरु बाहुन र क्षेत्रीले चाहानु भयो भने यो भन्दा ठुलो हल भएको मन्दीर यहा बनाऊन सक्नुहुन्छ । किनकि बढी पढेको, ठुला पद भएका र बढी पैसा कमाऊनेहरु तपाईहरु नै हुनुहुन्छ अमेरिकामा। तर तपाईहरु आपसमा जुटेर यो काम गर्न सक्नुहुन्न। तपाईहरुमा केवल खुटृा तान्ने प्रवृती मात्रै छ आदि…….। कर्माजी प्राय जातीयताका कुरा उठाऊनुहुन्छ सोझै लाग्नेगरी । त्यसैले कहिलेकाही वहाका कुरा मन पर्दैनन। लाग्छ एउटा सग्लो पहिचानको नेपालीबाट अंग अंग छुटयाऊनु भयो वहाले। किनकि म पनि माझ किरातमा राई, शेर्पा, बाहुन, नेवार, दमाई, कामी, आदि विविध जातीहरु बसोबास गरेको जिल्ला खोटांगमा जन्मे र हुर्केको मान्छे। सोलुको छिमेकी जिल्ला। मmगडा परेका बेला जे जस्तो भने पनि भोलीपल्ट मेलापात, स्कुल, पधेरा आदिमा जादाखेरी हिजोका कुरा बिर्सिएर दाजुभाई, काकाकाकी, जेठाबा, कान्छा, काईली आदिका स्नेहयुक्त संवोधनबाट एउटा पे्रमिलो सम्वन्ध गारिन्थ्यो। जुन अहिलेको अवस्थामा पाईदैन। तर वहाले जातीय हिसाबमा बाहुन र क्षेत्रीहरुमा रहेको अवगुण भने राम्ररी नै ठम्याएजस्तो लाग्छ। वहाको यो स्पष्टोक्तीले बाहुन र क्षेत्रीमा सत्कर्ममा जुटने सतबुद्धि आऊने र सबै नेपालीहरुले यस्तो पुनीत कार्यमा सहयोगको हात बढाऊने बिऊको विजारोपण दुर्गाभवानीको कृपाले यो बिजयादशमीमा हुने छ भन्ने विश्वास लागेको छ।

अन्तमा दशमीका दिन दिव्यधाम मन्दीरमा नवदुर्गामा राखिएको जमरा टोपीमा स्युरिएर अक्षताका राता टिका गुरुजीबाट निधारमा लगाएर आराम गर्ने अवशर मिल्ने छ अमेरीकामा पनि । किनकि यसपाली अमेरीकामा संयोगले सोमबार कोलोम्बस डेको सार्वजनीक विदा परेको छ। फ्लोरिडाबाट मेडिकल कलेजबाट छुटिृ मिलाएर घरमा अभिषेक आऊने छ अनि अस्मीता र अन्जली घरमै भएका हुदा उनीहरुलाई टिका लगाई साझ परेपछि आमा, बाबा, बहिनी र अन्य आफन्तहरुसंग पोहोर सालझै फोनबाट टिका लगाई आर्शिवाद लिई अर्को दशैमामा त हातको टिका लाऊन आउला नि भन्ने बाचा गरि भोलीको काम सम्झदै दशैलाई विदा गरिने छ।