फियान्से भिषा र अमेरीकाको ग्रिनकार्ड

विनोद रोका, एर्टनी एट ल, न्युर्योकं

K1 Fiancé visa अमेरीकाको नागरिकले विवाह गरिने वर वा वधु विदेशमा भएको अवस्थामा अमेरीकामा नै ल्याई विवाह गर्नेका लागि अमेरीकी अद्यागमन विभागले उपलव्ध गराऊने भिषालाई फियान्से भिषा भनिन्छ। यो फियान्से भिषाको निवेदन अमेरीकाको ग्रिनकार्ड मात्र भएको व्यक्तिले हाल्न सक्दैन। यो भिषा पाऊनका लागि अमेरीकी नागरिकले Form I-129F, Petition for Alien Fiancé(e) अमेरीकी अद्यागमन विभाग समक्ष आवस्यक दस्तुरका साथ माग गरिएको सवुद प्रमाणहरु राखेर हुलाक मार्फत पठाऊनु पर्दछ।

निवेदकले आफनो निवेदनका साथमा हुनेवाला श्रीमान वा श्रीमतीले फियान्से भिषा लिएर अमेरीका प्रवेश गरेको मितिले ९० दिन भित्र बिवाह गर्छु भन्ने bona fide intention प्रमाणित गर्न सक्नु पर्दछ। साथै अमेरीकी नागरिकले आफनो हुनेवाला श्रीमान वा श्रीमतीलाई वितेका २ बर्ष भित्र एकअर्कालाई व्यक्तिगत रुपमा भेटेको, विवाहका दुवै पक्षहरु एकअर्का संग विवाहा गर्न स्वतन्त्र रहेका र दुवै वा कुनै एक पक्षको पहिला विवाह भैसकेको रहेछ भने त्यो विवाह सवन्धविच्छेद, मूत्यु वा कानुन बमोजिम बदर भएको हुनु पर्दछ। दुवै पक्षका बिचमा फियान्से भिषाको लागि निवेदन दिनु भन्दा २ बर्ष अगाडी भेटघाट भएको कुरा प्रमाणित गर्नैपर्ने कानुनी व्यवस्थाले विवाह गर्ने पक्षहरुको लामो समय देखि चलिआएको सामाजीक परम्परा र प्रचलनको उल्लंघन हुने र यो २ बर्षे कानुनीन व्यवस्थालाई पुरा गर्नृपर्दा पक्षहरुलाई धेरै अन्याय पर्ने अवस्था दर्साऊन सकेमा यो व्यवस्थालाई अद्यागमन विभागले हटाईदिन पनि सक्दछ।

फियान्से भिषाको निवेदन अमेरीकी अद्यागमन विभागले स्वीकृत गरेपछि सम्वन्धित देशमा रहेको अमेरीकी दुतावाशमा पठाईन्छ र त्यहा US Consul ले पुन व्यक्ति फियान्से भिषा पाऊन योग्य छ वा छैन भन्ने विषयको निरुपण गर्दछ। भिषा स्वीकृत हुने वा नहुने भन्ने कुरा सामान्यतया फियान्से भिषा लिएर आऊने व्यक्तिसंग केवल अमेरीकी अद्यागमन कानुनले दिएको सुविधा पाऊनका लागि मात्र वैवाहिक सम्वन्ध कायाम गर्न खोजिएको हो वा bona fide intention राखेर साच्चै नै लोग्ने स्वास्नीको सम्वन्ध कायम राख्न विवाह गर्न खोजिएको हो भन्ने कुरा हेर्ने गर्दछ। यस्का साथै फौज्दारी अभियोग, स्वास्थ्य, सार्वजनिक सुरक्षा लगयतका आदि ईत्यादीका कारणले व्यक्ति अमेरीकामा प्रवेश पाउन अयोग्य नठहरिएको छ कि छैन भन्ने पनि हरिने गरिन्छ।

फियान्से भिषा लिएर अमेरीकामा बिवाह गर्न आऊने व्यक्तिका पहिलाको लोग्ने वा स्वास्नी तर्फबाट जन्मीएका २१ बर्ष मुनीका अविवाहित नावालख छोराछोरीहरु रहेछन भने उनीहरु पनि फियान्से भिषा लिएर आऊने व्यक्तिका आश्रीत परिवारिक सदस्यका रुपमा K-2 nonimmigrant visa लिएर अमेरीकामा आऊन सक्दछन। अत यस्ता नावालख छोराछोरीहरुको नाम फाराम भर्ने बेलामा उल्लेख गर्न विर्सनु हुदैन यदि लिएर आऊने बिचार छ भने।

फियान्से भिषा लिएर अमेरीका आएको ९० दिन भित्र सम्वन्धि राज्यको कानुन बमोजिम सामान्यतया काउण्टी कल्र्क वा अन्य तोकिएको निकाय समक्ष उपस्थित भै विवाह दर्ता गराऊनु पर्दछ। यसरी विवाह गरिसकेपछि फियान्से भिषा लिएर आऊने दम्पतिका लागि अमेरीकी नागरिकले स्थायी भिषाका र फियान्से भिषा लिएर आऊनेले ग्रिनकार्ड र कामगर्ने कागजका लागि आवस्यक पर्ने फारामहरु भरेर लाग्ने दस्तुर र चाहिने प्रमाणहरु संलग्न गरी सम्वन्धित अद्यागमन कार्यालय समक्ष पठाऊनु पर्दछ। यदि फियान्से भिषा लिएर आएको व्यक्ति र फियान्से भिषाको लागि निवेदन दिने अमेरीकी नागरिकका बिचमा अमेरीकामा प्रवेश गरेको मितिले ९० दिन भित्र विधिवत रुपबाट विवाह हुन नसकेमा फियान्से भिषा लिएर आएको व्यक्तिले अमेरीकाको ग्रिनकार्ड पाऊन सक्दैन। यसरी विवाह हुन नसकेको खण्डमा फियान्से भिषा लिएर आएको व्यक्ति एवं निजका आश्रीत नावालख नानीहरु तुरुन्तै आफनो देश फर्कनु पर्दछ। यदि नफर्किएको भए देश निष्काशनको अदालती कार्वाहीमा पर्न सक्दछन। किनकि उनीहरुले आफनो भिषालाई अन्य भिषामा परिवर्तन गर्न वा बढाऊन पाऊदैन। साथै फियान्से भिषाको लागि स्पोन्सर गर्ने व्यक्ति वाहेक अर्कै अमेरीकी नागरिक संग विवाह गरेर ग्रिनकार्ड लिन पनि मिल्दैन।

फियान्से भिषामा पाई अमेरीकाको ग्रिनकार्ड पाऊन लागि हालेको निवेदन अमेरीका प्रवेश गरेको २ बर्ष भित्र स्वीकृत भएमा अद्यागमन विभागले २ बर्षको परिक्षणकालीन अर्थात कण्डीसनल ग्रिनकार्ड उपलव्ध गराऊदछ जुन सामान्यतया २ बर्ष पुग्नु भन्दा ९० अगाडीनै परिक्षणकाल हटाई पाऊ भनि दुवै पक्षले अद्यागमन विभाग समक्ष निवेदन दिनु पर्दछ। यदि २ बर्ष नाघेपछि ग्रिनकार्ड स्वीकृत भयो भने यो स्थायी किसिमको ग्रिनकार्ड हुन्छ।

फियान्से भिषा लिएर अमेरीकामा आएका तर स्पोन्सर गर्ने अमेरीकी नागरिक संग विवाह नगरि बसेका वा अन्य अमेरीकी नागरिक संग विवाह गरेको र अमेरीकी नानीहरुका माता पिता पनि भैसकेका व्यक्तिहरु कार्यालयमा भेटघाट हुन्छ। सल्लाह र सुमmावको क्रममा फियान्से भिषा लिएर फलानो अमेरीकी नागरिकसंग विवाह गर्छु भनेर अमेरीकामा प्रवेश गरेको व्यक्तिले त्यो अमेरीकी नागरिक संग विवाह नगरि अरुसंग विवाह गरेको अवस्थामा ग्रिनकार्ड पाऊन सक्दैनन भन्ने कुराको जानकारी गराऊदा निधाउरो अनुहार लगाएको देखेको छु। किनकि फियान्से भिषाको लागि स्पोन्सर गर्ने अमेरीकी नागरिक संग विवाह गर्छु र त्यही व्यक्तिको श्रीमान वा श्रीमती भएर ग्रिनकार्ड लिन्छु भनेर आएपछि सोही व्यक्तिसंग विवाह गर्नु पर्दछ सुविधा पाऊनका लागि भन्ने अमेरीकी कानुनको मनसाय रहेको छ। बरु फियान्से भिषा लिएर आऊने व्यक्तिले ९० दिन भित्र विवाह गरि फियान्से भिषाको स्पोन्सर गर्ने व्यक्तिका तर्फबाट पारिवारिक भिषा र आफना तर्फबाट ग्रिनकार्डको लागि अद्यागमन कार्यालयमा निवेदन दिईसकेपछि सम्वन्ध विच्छेद भैहाले पनि ग्रिनकार्डको निवेदन स्वीकृत हुन सक्दछ अरुसंगै विवाह गरिसकेको रहेछ भने पनि।

एकजनाको मुद्दाको विषयबस्तु के थियो भने उन्ले फियान्से भिषा स्पोन्सर गर्ने व्यक्तिसंग अमेरीका आएको केही दिनपछि नै विवाह गरिन। अद्यागमन कार्यालय समक्ष निवेदन दिईसकेपछि अमेरीकी नागरिक पति र उन्का बिचमा राम्रो सम्वन्ध कायम हुन नसक्दा उनी घर छोडेर निस्कीएकी थिईन। अनि अमेरीकी श्रीमानले सम्वन्धविच्छेदको उजुरी दिई सम्वन्ध विच्छेद गराएर आफुले हालेको पारिवारिक भिषाको निवेदन अद्यागमन कार्यालयबाट फिर्ता लिएका थिए।

अर्कातर्फ फियान्से भिषा लिएर आएकी व्यक्तिले अन्य अमेरीकी नागरिकसंग विवाह गरेकी हुदा निजले ग्रिनकार्डका लागि स्पोन्सर गरेका थिए तर अद्यागमनले सो निवेदन बदर गरी निजका विरुद्धमा देश निकालाको मुद्दा अद्यागमन अदालत समक्ष दायर गर्योे। जस्मा हामीले सम्वन्ध विच्छेद भैसकेको पहिलो लोग्नेका तर्फबाट निजलाई अमेरीकाको ग्रिनकार्ड अदालतबाट दिलाऊन सकेका थियौ। अत फियान्से भिषा लिएर आऊने व्यक्तिले भिषा लिएर आऊनु भन्दा अगाडी आफु कस्तो व्यक्ति संग विवाह गर्दैछु, बिवाह गर्नका लागि स्पोन्सर गर्ने अमेरीकी नागरिकको कस्तो चरित्र छ. विवाह bona fide intention राखेर साच्चै नै लोग्ने स्वास्नीको सम्वन्ध कायम राख्ने उदेस्यले गर्न खोजिएको हो वा होईन भन्ने कुरा हेर्नु पर्दछ। तसर्थ यसरी आफनो भविष्यसंग गासिएको विषयमा अद्यागमन कानुनका वकिलहरु संग परामर्श लिनु राम्रो हुन्छ।

ंबिनोद रोका, न्यूर्याक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा ईजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ।