न्युर्योक शहरले थुनामा रहेका आप्रवाशीहरुलाई निशुल्क वकिलको व्यवस्था गर्न बजेट छुटयायो।

विनोद रोका, एर्टनी एट ल, न्युर्योकं

अमेरीकामा अनधिकृत रुपबाट बसोबास गरिरहेको अवस्थामा अद्यागमनका अधिकारीहरुले पक्राऊ गरी थुनामा राखेका व्यक्तिहरुलाई कानुनी प्रतिरक्षाका लागि New York City Council ले जुलाई १९, २०१३ मा $500,000 को बजेट छुटयाएको छ। यस्तो योजनाको तर्जुमा स्थानीय सरकारले अमेरीकामा पहिलो पटक सुरु गरेको हुदा यो ऐतिहासिक पनि हुन पुगेको छ।
न्युर्योक शहरबाट सुरु गरिएको यस्तो न्यायोचित योजनाले अमेरीकाका अन्य शहरहरुमा पनि यसरी नै यो देशका लागि श्रम र पसिना बगाएका निरपराध आप्रवासीहरुलाई अनधिकृत रुपबाट बसेकै कारणले लामो समयसम्म थुनामा बसी अन्तत पैसाको अभाव अनि भाषा र कानुनी पद्दतीको अनभिज्ञताको कारणले गर्दा आफना परिवारका सदस्य र दुख सुख बाडेर बसेको समुदायबाट छुटिृएर देश निष्कासन हुनुपर्ने वाध्यताको अन्त्य हुनसक्ने विश्वास लिन सकिन्छ।
भनिन्छ प्रत्येक बर्ष न्युर्योक शहरका २ हजार अमेरीकामा जन्मीएका नावालकहरु आफना् आमाबाबुलाई अद्यागमनका अधिकृतहरुले पक्राऊ गरेर थुनामा राखी देश निष्कासनको कार्वाही चलाएको कारणले गर्दा बेसाहारा बनि विक्षिप्त अवस्थामा पुग्ने गर्दछन। यसरी आमाबाबुलाई थुनामा राख्दा नावालाकहरु आश्रयहिन हुन पुग्दछन। र नावालकहरुलाई सरकारले फोष्टरकेयरमा राख्नुपर्दा प्रत्येक बर्ष एकजना बच्चाको लागि ४घट,ण्ण्ण् खर्च गर्नु पर्दछ। जुन न्युर्योक शहरले छुट्याएको बजेटको दशौगुणा बढी हुन्छ।

अमेरीकामा फौज्दारी अभियोग लागेको अवस्थामा भने अनधिकृत आप्रवाशीले पनि कानुन व्यवसायी नियुक्त गर्न नसकेमा प्रतिरक्षाका लागि सरकारको तर्फबाट लिगल एडका कानुन व्यवसायीहरु उपलव्ध गराईन्छ। किनकि त्यहा न्यायाधिशले सोध्नुपर्छ यदि तपाई वकिल राख्न सक्ने अवस्थामा हुनुहुन्न भने सरकारका तर्पmवाट प्रतिरक्षाका लागि एकजना वकिलको व्यवस्था गरिने छ। तर अमेरीकाको अद्यागमन कानुनले तोकिदिएको समय भन्दा बढी समयसम्म बसोबास गरेको वा अन्य शर्तहरुको उल्लंघन गरेको अभियोग लागि थुनामा राखिएको व्यक्तिहरुले भने आफनै तर्फबाट प्रतिरक्षाका लागि वकिल नियुक्त गर्नु पर्दछ। उस्लाई यसरी वकिल राख्न सक्नुहुन्छ कि हुन्न भनेर सोधिदैन किनकि यस्ता व्यक्तिहरुका लागि केन्द्रीय, राज्य एवं कुनै स्थानीय सरकारबाट बजेट छुटयाएर वकिल राख्ने व्यवस्था गरिएको छैन।

हाल लाखौको संख्यामा अमेरीकाका विभिन्न जेलहरुमा अनधिकृत रुपबाट अमेरीकामा बसोबास गरेका एवं सामान्य विज्याई गरेका आप्रवासीहरु थुनमा रहेका छन। यस्ता थुनामा रहेका आप्रवाशीहरु अमेरीकाका विभिन्न ठाऊमा रहेका जेलहरुमा हुदा परिवारका सदस्यहरुले चाहेर पनि कतिपय अबस्था भेट गर्न जान सक्दैनन। कानुन व्यवसायी नियुक्त गर्नुपर्दा हजारौ डलरको जोहो गर्नुपर्ने हुन्छ। किनकि के कति कारणले थुनामा रहेको र उपचारको लागि के कस्ता प्रकृया अपनाऊनु पर्छ। अनि कस्ता कागजातहरुको आवस्यकता पर्छ भन्ने कुरा प्राय परिवारका सदस्य वा सहयोग गर्ने साथीहरुलाई र धेरै अवस्थामा अद्यागमन कानुनको क्षेत्रमा अभ्यास नगर्ने वकिललाई पनि थाहा हुदैन। जस्ले गर्दा निरपराध आप्रवाशी कानुनी उपचारको बाटो थाहा नपाएको कारणले देशबाट निकाला गरिन्छन।

अमेरीकी संघिय सरकारका Second Circuit Judge Robert Katzmann को संयोजकत्वमा रहेको समुहले गरेको अध्ययनको आधारमा बनाईएको यो योजनालाई New York Immigrant Family Unity Project नामाकरण गरिएको छ। यो समुहले गरेको अध्ययन प्रतिवेदन अनुसार थुनामा रहेका आप्रवाशीहरुले वकिलको सुविधा जुटाऊन नसक्दा केवल ३ प्रतिशतले मात्र मुद्दामा जित्न सक्ने सम्भावना रहन्छ। जस्ले गर्दा यस्ता व्यक्तिहरुले अमेरीकामा स्वतन्त्रता, समानता र समान अवशरको उपभोग गर्न पाईन्छ भन्ने कुराको अनुभुति गर्न सक्दैनन। तर थुनामा परेका र वकिलको सम्पर्कमा पुग्न सक्ने आप्रवाशीहरुले भने मुद्दामा सफलता पाई अमेरीकामा नै बस्न पाऊने सम्भावना शतप्रतिशतले बृद्धि हुन्छ।

न्युर्योक शहरले अद्यागमनका जेलहरुमा थुनामा रहेका आप्रवाशीहरुलाई निशुल्क वकिलको व्यवस्था गर्न बजेट छुटयाएर आफनो शहरमा आफना पुर्खाहरु झै सुखी जीवन, समानयुक्त आश्रय, अवसर र स्वतन्त्रताको खोजीमा आएका। यहाको भुमीमा श्रम र पसिना बगाई यो शहरलाई बहु आयामिक गहनाले सुसज्जीत विश्वको राजधानी बनाएका निरिह आप्रवासीहरुले अमेरीकी उदार र अनुदारवादी राजनितिको दाउपेचमा च्यापिएर कानुन बमोजिम बस्ने र काम गर्ने अनुमति नपाएका कारणले थुनामा कष्टकर जीवन यापन गर्नुपर्दाको मानविय पिडालाई सम्वोधन गर्ने सुरुवात गरेको योजना देख्दा लाग्छ न्युर्योकमा रहेकी प्रजातन्त्र, स्वतन्त्रता, समान अवशर र कानुनको शासनकी प्रतीक स्टयाच्यु अफ लिर्वटीको ममतामयी मात्रृहुदय अबस्य नै आनन्दीत भएको छ।

ंबिनोद रोका, न्यूर्याक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा ईजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।
तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ।