अमेरीकामा शरणार्थीको निवेदन दिने व्यक्तिले थाहा पाऊनु पर्ने कुराहरु।

ंबिनोद रोका, एर्टनी एट ल

अमेरिकी कानुन अनुसार अमेरीकामा शरणार्थीको दर्जा स्टाटस पाउनको लागि तपाईले सर्व प्रथमत आफ्नो देशको नागरिक भएको र त्यहा रहदाको अवस्थामा तपाईलाई सारिरिक, मानसिक वा आर्थिक रुपमा सरकार वा सरकारले देशभर नियन्त्रण गर्न नसकेको शक्ति वा समुहबाट दुख, यातना पाई आफना्े देशका कुनै पनि भागमा सुरक्षित रुपबाट बस्न नसकेको अनि विश्वको अन्य कुनै पनि देशमा स्थायी रुपबाट बसोवास गर्ने अनुमति नपाएको र हाल अमेरिकामा रहेको कुरालाई पुष्टि गराउन सक्नु पर्दछ । तर तपाईले पाएको दुख यातना भने जात, धर्म, राष्ट्रियता, राजनैतिक बिचारधारा, कुनै खास सामाजिक समुहको सदस्यता जस्तो कुनै राजनैतिक पार्टी, पत्रकार, कलाकार, मानवाधिकार, जाती वा यस्तै अन्य समुहहरु जस्को पहिचान त्यो देशमा छ, मध्ये कुनै एउटा संग प्रत्यक्ष वा अप्रत्यक्ष रुपले जोडिएकै हुनु पर्छ । यदि छैन भने तपाईले शरणार्थीको सुविधा पाउन सक्नु हुने छैन ।

तपाईले दिनु भएको निवेदनमा मmुठृा व्यहोरा लेखिएको हुनुहुदैन यदि लेखिएको तथ्य न्यायकर्ताले रहेको ठहर गरेमा तपाईले अमेरीकी अद्यागमन कानुन अनुसार पाउने कुनै पनि सुविधा जीवनभरी पाऊन सक्नुहुन्न। सामन्यतया तपाई अमेरिका आउनु भएको १ बर्ष भित्र शरणार्थीको लागि निबेदन दिनु पर्दछ। तर आफ्नो भिषालाई निरन्तरता दिईरहेका व्यक्तिहरु, जस्तो एफ वनमा रहेका विद्यार्थी, काम गर्ने विषा पाएका व्यक्तिहरु र यस्तै अन्य अस्थायी प्रकृतीका भिषाहरुमा रहेका, ले भने आफनो भिषा सकिएको मितिबाट न्यायोचित समय भित्रै निवेदन दिएको अवस्थामामा यो एक बर्षको वात लाग्दैन। यस्का अतिरिक्त देशमा भरखरै आएको असाधारण किसिमको परिवर्तनको कारणबाट १ बर्ष पछि निवेदन दिनु परेको अवस्थामा देखाऊन सकिएमा पनि यो १ बर्षको म्यादलाई न्यायकर्ताले माफी दिन सक्दछन। तर थाहा नभएको कारणले १ बर्ष भित्र निवेदन दिन नसकेको तर्क भने यस्मा लागु हुदैन।

यातना विरुद्धको सन्धि Convention Against Torture (CAT) अन्तर्गतको सुविधा पाऊनका लागि भने १ बर्ष पछाडी पनि निबेदन दिन सकिन्छ। यातना सम्वन्धि कानृन ऋब्त् अन्र्तगतको सृविधा पाउनका लगि भने तपाईले सरकारी पदाधिकारी वा निजहरुले संरक्षण पाएका व्यक्तिले देश फर्किएको खण्डमा सारिरिक एवं मानसिक यातना दिने प्रवल सम्भावना रहेको तथृय प्रमाणित गर्नृ पर्दछ।

यातना विरुद्धको सन्धि CAT वा अमेरीकी कानुन अनुसार देश निष्कासनको आदेश गरी तत्काल तपाई आफनो देशमा फर्कदा विद्यमान सरकार वा सरकारद्धारा संरक्षित व्यक्ति वा समुहबाट शारिरिक यातना हुन सक्ने हुदा त्यहाको अवस्थामा परिवर्तन नहुदासम्मका लागि मात्र अमेरीकामा बस्न र काम गर्न पाऊने गरी विथहोल्डींगको सुविधा दिइएको अवस्थामा भने तपाईले अमेरीकाको ग्रीनकार्ड पाऊन र आफना नजीकका नातेदारहरुलाई अमेरीकामा ल्याऊन सक्नुहुन्न।

अमेरीकी कानुन अनुसार शरणार्थीको सुविधा पाऊनका लागि तपाईले कुनै जोखीमी अपराध गरेको वा आतंकवादी समुहलाई स्वइच्छाले वा करकापमा परी कुनै पनि प्रकारको मेटरियल सर्पोट दिएको पाइएमा तपाईले अमेरीकामा शरणार्थीको हैसियत पाऊन सक्नुहुन्न। यस्तो मेटरियल सहयोगमा आर्थिक, बसोबास, खानपिन, ओसार पसार, सुचना आदान प्रदान, लगायतका धेरै कुरामा पर्न सक्दछन। नेपालको माओवादीलाई अमेरीकी सरकारले हालसालै आतंकवादीको सूचिबाट हटाए पनि विगतमा त्यो पार्टीलाई डर, त्रास र ज्यानको सुरक्षाका लागि कुनै किसिमको सहयोग दिएको देखिएमा अमेरीकीमा शरणार्थीका्े सुविधा पाऊन सामान्यतया सकिदैन। त्यस्तै यस्तो सहयोग सरकारका विरुद्धमा हातहतियार उठाई विद्रोहमा उत्रिएका तर अमेरीकी सरकारले आतंकवादीको सूचिमा नराखेका असुचिकृत अन्य आतंकवादी समुहहरु पनि पर्दछन।

शरणार्थीको दर्जा वा स्टाटस न्यायकर्ताले कुनै विदेशीलाई दिदा मुख्यरुपमा निजले लेखेको घटनाको विवरण र निजले न्यायकर्ता समक्ष उपस्थित भै दिएको वयानमा कत्तिको विस्वसनीयता र समरुपता छ र निवेदकले घटनाको विवरण उल्लेख गर्दा उस्को हाव, भाव आदिमा त्यस्को मmलक पाईन्छ कि पाईदैन भन्ने कुरालाई महत्व दिन्छन। निवेदकले पेश गरेका सवुद प्रमाणहरुको बारेमा त्यसपछि मात्र बिचार हुन सक्दछ किनकि निवेदकले विश्वासीलो रुपबाट आफुलाई घटेको घटना मिलाएर भन्न सकेन भने अरु मुलुकमा रहेका व्यक्ति वा अधिकारी, जस्लाई न्यायकर्ता र अर्को पक्षको वकिलले सोधपुछ गर्न सक्दैन, ले दिएका वा पठाइएका भनिएका कथित अप्रमाणिक कागजहरुले कुनै मद्दत गर्न सक्दैन। त्यसैले निवेदकले आफनो भएको यर्थात घटना के हो त्यो पहिले तयार गरेर आफुसंग भएका सम्वद्ध कागजातहरु ल्याउन पर्दछ यदि छन भने। यस्ता प्रमाण पनि छैनन भने घटना देख्ने तथा थाहा पाऊने व्यक्तिहरुबाट आफनो कुरालाई समर्थन गर्ने साचो व्यहोराका वयान कागजहरु लेख्न अनुरोध गरी हुलाक मार्फत मगाऊनु पर्दछ। यद्यपि यस्ता कागजहरुको प्रमाणीक महत्व भने निवेदकले दिएको वयान चित्त बुमm्दो र विस्वसनीय न्यायकर्तालाई लाग्योृ भने मात्र पत्यारीला रहेछन भन्ने हो। यदि निवेदकको वयान विश्वसनीय र भरपर्दो पाइएन भने निवेदकले पेश गरेका कागजातहरुले निवेदकललाई नै मmुठृा ठहर गर्र्दछन। अर्थात आफनै हतियार आफै माथि आइलाग्छ।
त्यसर्थ तपाईले शरणार्थीको निवेदन दिनु पर्दा आफुले दुख वा यातना पाएको कथा वा व्यथा आफैले पहिला टिपेर कानुन व्यवसायी समक्ष जानु भयो भने तपाईको वयान तयार पार्न र पछि अन्र्तवार्ताको समयमा सोधपुछ गर्दा न्यायकर्तालाई भन्न सहज हुन्छ र न्यायकर्तालाई तपाईको वयान विश्वासीलो र भरपर्दो लाग्न सक्दछ। तपाईले आफुले होमवर्क नगरी आफनो कथा वा व्यथा लेख्न कथाकार खोज्न थाल्नु भयो भने कार्वाहीको प्रकृया सारै दुखदायी हुन सक्छ किनकि परिणाम भोग्ने तपाई हो कथाकार होईन।

त्यसैले माथिका आधारहरुलाई ध्यानमा राखेर आफनो घटनाको सम्वन्धमा तपाइले निम्नलिखित प्रश्नहरुको उत्तर लेख्न थाल्नुहोस।

तपाई, तपाईको परिवार, नजिकको साथीभाई कसैले सरकार वा बिद्रोही समुहबाट वितेका समयमा कुनै नोक्सानी, यातना, दुब्र्यबहार अथवा धम्कि पाएको थियो कि थिएन । यदि थियो भने के भयो< कहिले यस्तो घटना भया<, त्यस्तो गर्ने को थियो< तपाईको बिचारमा त्यस्तो गरिनुको कारण के थियो< तपाई कुनै संस्था वा राजनैतिक पार्टीको सदस्यता हुनु हुन्थ्या कि< यदि हुनुहुन्थ्यो भने कुन संस्था वा पार्टीको सदस्य हुनुहुन्थ्यो< कहिले सदस्यता लिनृ भयो? किन सदस्य बन्नुभयो? कृनै पदमा हृनृहृन्थयो कि< के तपाई नेपाल फर्कन अझै डराउनु हुन्छ< यदि डराउनु हुन्छ भने कोबाट< कस्तो हानी, यातना वा दुब्र्यबहार होला भनेर डराउनु हुन्छ< तपाई वा तपाईको परिवारको सदस्य कहिले पक्राउ पर्नु भएको, थुनिनु भएको वा अपराध गरे बापत जेल सजाय भोग्नु भएको छ< वा छैन< छ भने उल्लेख गर्नुहोस् । तपाई वा तपाईको परिवारका कुनै सदस्य कहिको कुनै संघ, सस्था, राजनैतिक पार्टी, बिध्यार्थी संगठन, धार्मीक संगठन, बिद्रोही समुह, मानबाधिकार संगठन वा कुनै संस्थाको सदस्य हुनु भएको थियो< यदि थियो भने कुन संस्थाको< कहिले< कुन पद< कति समय सम्म< र के के गर्नु भयो< तपाई वा तपाईका परिवारका सदस्यहूरु भबिष्यमा पनि यस्तो संघ, संस्थाका सदस्य भई यस्तो कार्यमा संलग्न हुनुहुन्छ कि हुनुुहुन्न< यदि संलग्न बन्नुहुनेछ भने अहिले के गर्दै हुनुहुन्छ< कुन हैसियत छ< कहिले देखि< के तपाई आkmgf] देश वा जहा तपाई अमेरिका आउनु भन्दf अघि बस्नु हुन्थ्यो, फर्किनु भएको खण्डमा यातना पाउछु भन्ने डर लाग्छ< यदि लाग्छ भने को बाट< किन< र कसरी< के तपाईको परिवारको सदस्यले अमेरिकामा ग्रीनकार्ड वा एजाईलमका सुविधा पाउनु भएको छ< छ भने कस्ले< कहिले< तपाईले वा तपाईको परिवारका सदस्यले अरुलाई यातना वा दुःख दिने कार्य बिगतमा गर्नु भएको छ< छ भने उल्लेख गर्नुहो;. अमेरिका आई सकेपछि तपाई आºनो देश, जुन देशमा तपाई यातना पाए भन्नुहुन्छ, त्याहा फर्किनुभएको छ< छ भने कहिले, किन लेख्नुहोस्< तपाई वा तपाईको परिवारको सदस्यले अमेरिकामा रहदाको अबस्थामा कुनै नराम्रो काम गरेको कारणले अमेरिकी सरकारको कारबाहीमा पर्नुभएको छ वा छैन< तपाइले यी माथिका प्रश्नहरुका उत्तरहरु आफैले लेख्नु हास। एक भन्दा बढी घटना भए क्रमै संग कहिले< कहा? कस्ले? किन गरयो< के भयो< भन्ने कुरा प्रष्ट संग लेख्नु भयो भने तपाईको शरणार्थीका लागि चाहिने वयान वा कथा पुरा भयो। यस पछि तपाईको वकिलले यस्मा छुटेका र आवस्यक पर्ने सम्वद्ध तथ्यहरु के के हुन सक्छन त्यो निक्र्याैल गरी तपाइसंग वाकी कुराहरु सोधपुछ गरेर शरणार्थीको लागि चाहिने वयान तयार पार्नसक्दछन पछि सम्म आउन सक्ने अपठयाराहरुलाई दृष्टिगत गरेर। यसरी तपाइले स्मरण गरेर टिपोट गर्नु भएको घटना विवरणका आधारमा वकिलले आवस्यक पर्ने तर छुटेका कुराहरु सोधपुछ गरेर तयार पारेको निवेदनका आधारमा न्यायकर्ताको अगाडी उपस्थित भै वयान गर्नु पर्दा तपाईले सहज र विश्वसनीय रुपबाट आफ्ना कुरा व्यक्त गर्नु सक्नु हुन्छ र न्यायकर्ताले तपाईको निवेदन स्वीकृत गर्ने बढी सम्भावना रहन्छ। किनकि आकडाले देखाउछ कानुन व्यवसायीको सहयोग लिनेहरुको शरणार्थी सम्वन्धि निवेदन बढी स्वीकृत हुन्छ कानुन व्यवसायीको सहयोग नलिनेहरुको तुलनामा। ंबिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ। तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत निशुल्क कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ।