शिवको ग्रिनकार्ड र राजाराम पौडलको सम्मmना।

दाई म शिव बोल्दैछु। फोनको अर्कोतर्फबाट आवाज आयो मे १९, २०१३ आईतवारकरिब सामmको ८ बजेको समयमा। कस्तो छ तपाईलाई। सन्चै हुनुहुन्छ? किन फोन गर्नु भयोमैले सोधे। जवाफमा शिवभाईले भन्नु भो, दाई खुसीको खवर सुनाऊ र धन्यवाद दिऊ भनेर।आज मेरो ग्रीनकार्ड आयो। केही समय ढिलो भयो मैले हजुरले भनेका सबै कागजहरु एकै पटकजुटाऊन नसक्दा। मैले वहाको कुरा सुनेपछि आफनो खुसी उन्कै खुसीमा गाभे। अनि उन्लेफेरी भने दाईकहा कागजको प्रकृया अगाडी बढाऊन आएका दिन आईतबार नै परेको थियो रदाईकै घरमा भाउजुले पकाएको खाना संगै खादा भन्नु भएथ्यो गोर्वधन पुजाजी संग पनिकागज फाईल गर्न म कहा विदा कै आऊदा संयोगवस यसैगरी दिऊसोको खाना घरमा खाएकाथियौ। उन्को पनि ग्रिनकार्ड भयो। त्यसैले तपाईको पनि हुन्छ है शिवजी भनेको थिए। र उन्लेयो कुरा आफ्नो लागि पनि साबित होला कि नहोला भनी सोची रहेका रहेछ्न। संयोगबस शुन्दरजोशीजी पनि त्यसदिन श्रृजनाको यात्रामा सहभागी हुने क्रममा फ्लोरीडाबाट न्यूर्योक आऊनुभएको हुदा वहा पनि संगै हुनुहुन्थ्यो। यहि प्रसंग मेरो सहायक सुजनलाई सुनाए र हामीलेत्यस्मा राजेन्द्र शलभजी, किशनसिंह धामी लगायतका अन्य मित्रहरुलाई पनि सम्झियौ।

शिवजीको ग्रीनकार्ड आएको खवर पाएर खुसी भएको मन भित्र अनायास कलाकारराजाराम पौडेलको याद आयो मलाई। किनकि उन्को असाधारण प्रतिभाको श्रेणीबाट ग्रिनकार्डआऊनका लागि वकिलको अफिस मार्फत अमेरीकी अद्यागमन विभाग समक्ष पठाएको निवेदन३।४ दिन ढिला पुगेको कारणले गर्दा अस्वीकृत भएको कुरा मैले अरुबाट सुनेको थिए। २००८को अगष्ट महिनामा न्यूर्योकमा नेजसले आयोजना गरेको सास्कृतीक कार्यक्रममा कलाकारमित्रहरु प्रेमराजा महत, राजाराम पौडेल, सुनिल उप्रेती, रवि लामिछाने र खेम संग्रौलाजी मेरोनिवाशमा एकरात बस्दा राजारामजी संग पहिलो पटक प्रत्यक्ष भेट हुदा धेरै कुराकानी भएकोथियो। त्यसवेला उन्ले मलाई वकिल भन्दा पनि प्रेमपूर्वक दाईको संज्ञा दिएर आफना कुराहरुसुनाए। र भने त्यसबेला तपाई यहा हुनुहुन्छ भन्ने थाहा पनि थिएन, हेनुहोस न वकिलले ढिलोकागज पठाईदिएको कारणले मेरो ग्रिनकार्डको निवेदन स्वीकृत भएन।

राजारामजीको कुरा सुनेपछि मैले भने म हेर्छु नि केही कुरा पाईन्छ कि कानुनमातपाइलाई काम लाग्ने।  म आफु उन्को वकिल नभएता पनि त्यस विषयमा केही रिसर्च गरे।अरु कानून व्यवसायी मित्रहरुलाई पनि सोधे। ४ दिन ढिलो पुगेकै कारणले त अद्यागमनविभागले ग्रिनकार्डको निवेदन अस्वीकृत गर्न नमिल्ने कानूनी व्यवस्था रहेको मैले भेटे। रमलाई लाग्यो यदि राजारामजीको ग्रिनकार्डको निवेदन भिषाको म्याद नाघेको ४ दिन पछिदर्ता भएको रहेछ तर उन्ले दर्ता ग रेको असाधाराण प्रतिभाको क्षेणीका वर्गिकृत गरिपाऊ भनिदिएका निवेदन पछि स्वीकृत भएमा ४ दिन मात्र होईन १८० दिन भित्र अद्यागमन कार्यालयलेपाएको रहेछ भनेपनि अस्वीकृत गर्न मिल्दैन। जुन कुरा अमेरीकी अद्यागमन कार्यालयकातर्फबाट अद्यागमन सम्वन्धि ऐनको दफा २४५ के को सन्र्दभमा जुलाई १४, २००८ मानिकालिएको निर्देशीकामा स्पष्ट संग उल्लेख गरिएको मैले गरेको शोधबाट देखियो।

निर्देशीकाबाट आफुले निकालेको प्रारम्भीक नतीजा आएपछि मैले राजारामजीलाईफोन गरेर जानकारी दिए। र भने यदि तपाईको निवेदन तपाईको भिषा सकिएको ४ दिनपछिअद्यागमन विभागमा पुगेको कारणले अस्वीकृत भएको रहेछ भने अद्यागमन विभागमादोहोरयाइ हेरीदिनका लागि निवेदन दिन सकिन्छ। अत तपाईको वकिललाई भन्नुहोस र हालनेपाल जाने बिचार छोडनुस। हातमा आएको ग्रिनकार्ड किन छाडेर जानुहुन्छ। म यस विषयमाअरु कानून व्यवसायी मित्रहरुलाई पनि सोधेर तपाईलाई जानकारी दिनेछृ भने। यस पछि मैलेकेही कानून व्यवसायी मित्रहरुलाई अद्यागमन विभागको निर्देशीका ईमेल मार्फत पठाई मैले बुझे अनुसारको अर्थ ठिक हो कि होइन एक पटक पढनुहोस न भने। प्रतिउत्तरमा केही मित्रहरुलेतपाईको क्लाईन्ट होइन भने किन दुख गर्नृहुन्छ। मैले जवाफ दिएको थिए वहा मेरो क्लाईन्टहोइन तर देशको कलाकार हो र मलाई कला प्रति श्रद्धा र प्रेम छ।

मैले निकालेको अर्थ मेरो विभिन्न शोधले पुष्टि गरेको थियो। अनि राजारामजीलाईतपाई नजानुहोस म सकेको मद्दत गर्छु भनेर फोनमा भने। उन्का नजीकका कलाकार मित्रहरुसबैलाई सम्मझाऊन अनुरोध पनि गरे। तर उनी हातमा आऊने ग्रिनकार्ड छाडेर नेपाल फर्किए।र हाल उनी नेपालमा परेको म व्यहोरौलाको प्रयायवाची चर्चित कलाकार भएका छन। एककिसिमले खुसी लाग्छ उनी यहा रहेका भए नेपाली कला क्षेत्रमा मन खोलेर समय दिन सक्नेथिएनन। वर्तमान थोरै तर ईतिहास बढी भएर रहने थिए होला। कहिले काहि चाटमा भेटिदाभन्छन दाई मेरो कार्यक्रम फलानो वेबसाईटमा हेर्नुहोला।

शिवजीको निवेदन नेपाली साहित्यीक विधाको क्षेत्रमा विशिष्ठता हासील गरेकोव्यक्तिको आधारमा हामीले अमेरीकी अद्यागमन विभाग समक्ष हालेका थियौ। हाल्नु भन्दाअगाडी चाहिने कागजातहरुको बारेमा राम्ररी गृहकार्य पनि भएको थियो। शिवजीले त्यस मध्येजन्मदर्ताको प्रमाण पत्र जुटाऊन सक्नु भएको थिएन किनकि वहा नेपालमा व्यक्तिगत घटनादर्ता गर्ने ऐन २०३४ आऊनु भन्दा अगाडी जन्मनु भएको हुदा गाविसले दिएको प्रमाण पत्रकाम लाग्दैनथ्यो अनि नागरिक्ता प्रमाण पत्र र पासपोर्टले जन्मदर्ता प्रमाणपत्रको दर्जा यहापाऊन सक्दैनन। उहाको भिषा सकिन आटेको र राजारामजी को निवेदन केहीदिन ढिलापुगेको कारणले विग्रीएको रे भन्ने कुरा पनि सुनेको हुदा भन्न थाल्नु भो होईन दाई त्यो नपुगकागज पछि पेश गरौला अहिलेलाई पठाऊ ढिलो नगरौ भन्नु भो। यद्यपि वहालाई मैले भनेथेतपाई १८० दिनसम्म ओभर स्टे भएर हाले पनि केही फरक पर्दैन यदि मेरीटमा तपाईकोनिवेदन स्वीकृत भयो भने। वहाले मान्नु भएन र मैले पनि जोखीम लिनुभन्दा पठाऊनेकुरामा सहमति जनाए नपुगको कागज पछि मागेपछि पठाऊला भनेर।

शिवजीको निवेदन वहाको भिषा सकिनु भन्दा करिब १० दिन अगाडी नै हामीलेअमेरीकी अद्यागमन विभागमा पठाएका थियौ र त्यो भोलीपल्टै