नेपालबाट अंग्रेजीमा अनुवाद गरेर ल्याएका लिखत अमेरीकामा वेरिते भए।

नेपालबाट त्यत्रो पैसा तिरेर नेपालीको अंग्रेजीमा अनुवाद गराएर अधिकार प्राप्त व्यक्ति वा निकायको छाप लगाएर ल्याएको कागज पनि अमेरीकाको अद्यागमन विभागले रितपूर्वकको अनुवाद नभएको कारण खुलाई परिणाम आऊने बेलामा पुन रितपुर्वकको अनुवाद गरिएको कागज पेश गर्नु  भनि पत्र आएपछि कतिपय आप्रवासीहरुले मलाई सोध्ने गर्नुभएको छ अब के गर्ने.? रितपूर्वकको अनुवाद भनेको के हो? आदि। त्यस्तै यसरी अनुवाद गरिएका अन्य कतिपय लिखतहरुमा आफनो दावीलाई पुष्टि गर्ने ठाऊमा आफैलाई खण्डन गर्ने वा अपठ्यारोमा पार्ने शव्दहरु अद्यागमन अदालत समक्ष पाइएको दृष्ठान्त पनि छन।

यसरी रित नपुरयाई अनुवाद गर्ने अनुवादकहरु अमेरीकामै पनि भेटिन्छन। किनकि कतिपय अनुवादकर्ताहरुलाई यस विषयमा प्रयाप्त जानकारी हुदैन र अनुवाद गरिएको लिखत चाहिने व्यक्ति पनि सधै व्यवसायीक मान्छे समक्ष पृग्दैनन जव सम्म अपठयारो पर्दैन। अत प्रस्तुत लेखमा नेपालीभाषाबाट अंग्रेजीभाषामा अनुवाद गरिदा के रित नपुगेकोले यस्तो समस्या आऊने गर्दछ भन्ने विषयमा केही चर्चा गरिएको छ।

पहिले नेपालबाट कानुन किताब व्यवस्था समितिले अंग्रेजीमा अनुवाद गरेर अधिकृतको सही र समितिको छाप अनि परराष्ट्र् मन्त्रालयको कन्सुलर शाखाले पनि स्हीछाप हानेर दिएको हुन्थ्यो भने अहिले नोटरी पव्लीकले अनुवाद गरेर सही गरी नोटरी पव्लीकको छाप हानिदिएको हुन्छ। यी दुवै नै नेपालको प्रचलित कानुन अनुसार नेपाली लिखतलाई अंग्रेजीमा अनुवाद गर्न पाऊने निकाय वा व्यक्तिहरु हुन। तर अनुवादकर्ताहरुलाई थाहा हुदैन ती अनुवाद गरिएका अंग्रेजी भाषाका लिखतहरुमा अमेरीकी अद्यागमन कानूनले तोकेको शर्तहरु पुरा नभएको कारणले मान्यता पाऊदैनन र व्यक्तिहरुले दुख पाऊछन।

अमेरीकी अद्यागमन कानून अनुसार कुनै पनि विदेशी भाषाको लिखतलाई प्रमाणको लागि पेश गर्नु पर्दा त्यस्को रितपूर्वकको अंग्रेजीको अनुवाद पनि साथै पेश गर्नु पर्दछ। रितपूर्वकको अंग्रेजी अनुवाद भनेको अनुवाद गर्ने व्यक्तिले े म फलाना ठाऊ बस्ने वयस्क वा १८ बर्ष नाघेको फलानाले यो नेपाली भाषाको लिखत अंग्रेजी भाषामा अनुवाद गरेको हु। म नेपाली र अंग्रेजी दुवै भाषामा दक्ष छु र मैले अनुवाद गरेको लिखत साचो र सत्य हो।झुठा ठहरे कानुन बमोजीम सहुला बुझाऊला। े

अमेरीकी अद्यागमन कानुनले यसरी अनुवाद गर्ने व्यक्ति कुनै निकायाबाट परिक्षा उत्तिर्ण भएर अनुवाद गर्ने र छाप हान्ने अधिकार पाएकै हुनु पर्छ भन्ने व्यवस्था गरेको छैन। यसरी अनुवाद गर्ने व्यक्ति परिवारको सदस्य देखि लिएर अरु जो सुकै व्यक्ति पनि हुन सक्दछन जो दुवै भाषामा पोख्त छन। यसरी अनुवाद गर्ने व्यक्तिले आफुले अनुवाद गरेको हु भनि लेखेको लिखतलाई  नोटरी पव्लीकसमक्ष उपस्थित भै प्रमाणित गर्नु पर्ने आवस्यकता पनि हुदैन। यद्यपि आफनो परिवारका सदस्यहरुले गरेको अनुवादलाई भने कहिलेकाहि आन्यता दिन कन्सुलर अफिसर वा अद्यागमन अधिकारीहरुले हिचकिचाऊन सक्ने सम्भावना रहन्छ। यसरी दुवै भाषामा दक्षता भएको व्यक्तिले अनुवाद गरेको लिखतको अगाडी तलको वा यस्तै कुनै अर्को व्यहोरा जनिएको सर्टिफिकेट पेश गरेमा त्यस्तो लिखतलाई अमेरीकी अद्यागमन विभागले मान्यतदा प्रदान गर्दछ। किनकि अनुवाद गरिएको लिखतमा नेपालीमा रहेको हुबहु व्यहोरा अनुवादकर्ताले उल्लेख गरेका छन भनि विस्वास गर्ने आधार भेटदछन। अनुवादकर्ताले एउटै व्यक्तिसंग सम्वन्धित लिखतका धेरै पन्नाहरु अनुवाद गरेको भएमा तपसिलमा अनुवाद गरिएका लिखतहरुको नाम उल्लेख गरेपनि हुन्छ।

नेपालबाट तत्कालीन अवस्थामा कानून किताव व्यवस्था समितिले अनुवाद गरि छाप हानि परराष्ट्र् मन्त्रालयका कन्सुलर अफिसरले अनुवाद भएको लिखतलाई प्रमाणिकरण Authentication  गरेको भएता पनि अनुवाद गर्ने व्यक्ति नेपाली र अंग्रेजी दुवै भाषामा पोख्त वा दक्ष हो कि होईन भनि खुलेको देखिदैन। त्यस्तै हाल नेपालको नोटरी पव्लीक ऐन अनुसार लिखतको अनुवाद गर्ने ईजाजत प्राप्त गरेको नोटरी पव्लीकले पनि नेपालीबाट अंग्रेजी भाषामा अनुवाद गर्दा प्राय “The Translation Copy is True and Verified” मात्र लेखेको नोटरी पव्लीकको स्टाम्प राखेको देखिन्छ तर ती व्यक्ति दुबै भाषामा दक्ष हुन कि होईनन? भनेर खुलार्ईएको हुदैन। किनकि अनुवादकर्ताको दक्षता र लिखतको प्रमाणिकिकरण भन्ने विषयबस्तु एउटै होइनन। यहा हेरीने प्रश्न लिखतको प्रमाणिकरण होइन कि अनुवादकर्ताको दक्षताको प्रमाणिकरण हो।

नेपालमा नोटरी पव्लीक भन्ने व्यक्ति दुवै भाषामा दक्ष भएकै कारणले नोटरी पव्लीकको लाईसेन्स पाएका हुदा त्यस्तो व्यहोरा खुलाई रहनु नपर्ने भन्ने मानसिकता रहेपनि विदेशमा रहेका न्यायिक वा अर्धन्यायिक विषयमा निर्णय गर्ने अधिकारीलाई त्यस्को जानकारी हुदैन। र सयौ व्यक्तिका विषयमा निर्णय गर्नुपर्ने अद्यागमन अदालतका न्यायाधिश वा अधिकारीले आफनो विभागले दिएको निर्देशीकालाई आधार बनाऊछ कुनै पनि लिखत रितपूर्वक अनुवाद भएर आएको छ कि छैन भन्नका लागि। निजहरुलाई नेपालको कानूनमा यस सम्वन्धमा के व्यवस्था रहेछ भनि हेर्ने फुर्सद हुदैन र आवस्यकता पनि पर्दैन किनकि कानुन वमोजिमको सुविधा पाऊनका लागि निवेदन गर्ने व्यक्तिले नै आफ्ना प्रमाणहरु रितपुरयाएर पेश गर्नु पर्दछ। त्यसैले अदालतका न्यायाधिशहरुले यस्ता लिखतलाई रितनपुगेको हुदा प्रमाणको रुपमा मान्यता नै दिदैनन। अनि कागज पेश गर्ने व्यक्तिको प्रमाण मिसिलमा वा फाईलमा रहेर पनि उस्का लागि त्यो वेरिते लिखत मद्दतगार हुन सक्दैनन। अत पक्षहरुको हितलाई ध्यानमा राखेर नोटरी पव्लीकका लाईसेन्स पाएका व्यक्तिहरुले पक्षले गरेको दावीलाई ध्यानमा राखेर त्यसैको सारलाई समेटने अंग्रेजी शव्दहरु चयन गरी अनुवाद गरेको लिखतमा तलको व्यहोरा सटिफिकेट अनुवाद गरेको लिखतको अगाडी राखिदिएमा पैसा खर्च गरेर आफनो काम बनोस भनि ल्याएका अनुवादीत लिखत पेश गर्दा अमेरीकी अद्यागमन अदालत, अद्यागमन कार्यालय वा कन्सुलर अफिसबाट रितपुर्वकको ठहरयाई विवादको निरुपण भएमा कानून बमोजिम पाऊने सुविधा पाऊन अनावस्यक दुख भोग्नु पर्ने थिएन।

CERTIFICATE OF TRANSLATION
I, ABC, declare as follows:
1. I am a citizen of _____________, over 18 years of age, and am not a party to this action. I reside or I am employed by ______________located at______________.
2. I am fluent in English and Nepali.
3. The attached “Translation of ABC” is a true and correct translation of the attached original Nepali language document.
I declare, under penalty of perjury, that the foregoing is true and correct to the best of my knowledge.
Executed this ___day of May, 2013, in Kathmandu, Nepal

 

Signature:____________

 

                                                           

 ______________

Notary Public

 

ंबिनोद रोका, न्यूर्याक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

 

(तपाईको अमेरीकी अद्यागमन न्यूर्योक राज्यको कानुनसम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत निशुल्क कानुनी सल्लाहको लागि बिनोद रोका, एर्टनी एट ललाई उहाँको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ।)