वोष्टनम्याराथुनमा भएको निन्दनीय घटना र सुधारात्मक अमेरीकी अद्यागमन विल।

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक

अमेरिकी सिनेटमा ग्यांगअफ यट अर्थात आठजना सिनेटरहरुको समुहले अमेरीकी सिनेटको ११३औ काग्रेसमा ““Border Security, Economic Opportunity and Immigration Modernization Act”  http://www.schumer.senate.gov/forms/immigration.pdf शुक्रबार पेश गरे। ८४४ पृष्ठ रहेको यो विलमा हालसम्म रिपवलीकन, डेमोके्रटस, व्यापारि र मजदुर युनियन लगायतका सरोकारवाला पक्षहरुका विचमा भएको सहमतिका वुदाहरुलाई समावेश गरिएको अनुमान गरिन्छ। र यस विलमा सिनेटको जुडिसियरी कमिटिमा हप्तौसम्म छलफल भएर एउटा समहमतिको शंसोधित विल पारित हुने र त्यो विललाई काग्रेस, जहा रिपव्लीकनहरुको वहुमत रहेको छ, ले पनि पास गरेर राष्ट्र्पती समक्ष स्वीकृतीका लागि चाडै नै पेश गरिने विश्वास गरिएको छ। यो विलका सम्वन्धमा अमेरीकाबाट प्रकाशित हुने प्रमुख समाचारपत्र, न्यूर्योक टाईम, वासिंगटनपोष्ट, लस एन्जलस टाइम, युयस टुडे लगायतले यो विल अमेरीकी अद्यागमन कानूनको एउटा कोशेढुंगा हुने राय व्यक्त गरेका छन। किनकि यस्ले ११ मिलियन भन्दा बढी अनधिकृत रुपबाट अमेरीकामा बसोबास गरिरहेका आप्रावासीहरुलाई बसोवास र ढिलै भएपनि नागरिक्ता दिने व्यवस्था गरेको छ। ड्र्मि एक्टका सुविधा पाऊने ड्रीमरहरुलाई भने ग्रीनकार्ड र चाडो नागरिक्ता दिने छ। वोर्डर सेक्यूरीटीलाई अमm मजवुद बनाऊनका लागि प्रयाप्त बजेटको व्यवस्था गर्ने, भैरहेको अव्यवहारीक भिषा सम्वन्धि व्यवस्थामा व्यापक सुधार गरी नया भिषाको व्यवस्था गर्नुका साथै परम्परागत रुपबाट दिइदै आएका केही भिषाहरुलाई वन्द गर्ने जस्ता प्रावधानहरु रहेका छन।

यसैविच गतहहप्ता वोष्टनको म्याराथुन दौडमा मुस्लीम धर्मावलम्वी चेचेनियन प्रजातीका रसियन मुलका अमेरीकामा कानुन बमोजिम शरणार्थीको दर्जा पाई १० सौ बर्ष अगाडी नावालक छदै अविभावक सग आएका दुई दाजुभाई युवकहरुले प्रेशरकुकर बम  विस्फोटन गराएको कारणले केही व्यक्तिरुको ज्यान गएको र सैयौ व्यक्तिहरु घाईते भएको आतंकवादी कार्यले गर्दा अमेरीकी समाजमा भय र आतंकको अवस्था श्रृजना गरायो। त्यसैले यो विल अप्रिल १९ तारिख शुक्रबारका दिन सिनेट समक्ष छलफलका लागि पेश हुदा केही रिपव्लीकन सिनेटले अमेरीकामा अनधिक्रित रुपबाट बसोबास गरिरहेका आप्रावासीहरुलाई अमेरीकामा बसोबास गर्नको लागि भिषा दिईने हालको योजनालाई वोष्टनमा भएको बम विस्फोटनको घटनाको कारणले गर्दा ढिलो गरिनु पर्दछ भन्ने धाराणा राखका भएता पनि जुडिसियरी कमिटीका अध्यक्ष डेमोक्रयाट सिनेटर पेट्र्कि लेहीले यो घटनाको कारणले अद्यागमन कानूनमा व्यापक सुधार गरिने गरी ल्याइएको विल अगाडी बढमा कुनै वाधा पर्नु हुदैन भन्ने धारणा व्यक्त गर्नु भएको छ। किनकि हामीले अमेरीका हितका लागि कस्ता नितिहहरु उत्तम हुन्छन भन्ने विषयमा सोच्ने गर्नु पर्दछ। लेहीको धारणा के रहयो भने ओक्लोहामा शहरमा अनि सेप्टेम्वर ११ मा न्यूर्योक शहरमा घटेका घटनका कारणले यस्ता विलहरुलाई अगाडी नबढाऊने हो भने कहिले पनि सुधार गर्न सकिदैन। यीे विषयवस्तु आतंकवादी गतिविधिहरु संग सम्वन्ध छन नकि अद्यागमनको विषयमा।

यसैविच आठजना सिनेटरहरुको सदस्यहरु मध्ये अरेजोना राज्यबाट प्रतिनिधित्व गर्नुहुने रिपव्लीकन सिनेटर जोन मैकेन, साउथ कैरोलोनाबाट प्रतिनिधित्व गर्ने सोही पार्टीका अर्का सिनेटर लेण्डस्े ग्राहमले संयुक्त वक्तव्य प्रकाशित गर्दै यो समुहले पेश गरेको सुधारात्म विलले राष्ट्र्यि सुरक्षालाई अमm बढी मजवुत बनाऊने धारणा व्यक्त गर्नु भएको छ।

यसै बिच अप्रिल २३ तारिखका दिन सिनेट जुडिसियरी समक्ष उपस्थित भै अमेरीकाको गृह र सुरक्षा सवन्धित विभाग हेर्ने विभागिय प्रमुख जेनेट नेपोलितानोले यो विलले अमेरीकाको आन्तरिक सुरक्षालाई अमm मजवुद बनाऊने हुदा पारित हुनु पर्छ भन्ने धारणा राख्नुभएको छ।

डेमोक््रयाट, रिपव्लीकन, रोजगारदाता, मजदुर लगायतका अमेरीकाका विविध पक्षहरुको स्वार्थहरु समावेश गरिएको यो विल यसपाली पास हुने सम्भावना रहेको भएतापनि वोष्टनको म्याराथुन दौडमा भएको निन्दनिय आतकंवादी कार्यलाई आधार बनाई १९७९ मा वासिंगटन डि.सीमा जोन टेन्टोनको अगुवाईमा स्थापित भएको आप्रावासी विरोधि संस्था  The Federation for American Immigration Reform (FAIR) र अन्य यस्ता संस्थाहरु जस्ले अमेरीकामा आप्रावासीहरुको संख्या बढीनु हुन्न भन्ने धारणा राख्दछ, ले कानुनको उलंघन गरी अमेरीकामा अनधिकृत रुपबाट बसोबास गरिरहेका आप्रावासीहरुलाई बसोवास गर्ने र नागरिकता समेत दिने खालको आममाफी दिईने कानुन पारित हुनुहुदैन भन्ने भन्ने तर्कहरु सारी जनमतको श्रृजना गर्न सक्ने सम्भावना हुन्छ।

यो देश प्रजातान्त्रिक मान्यतामा विश्वास राख्ने भएको हुनाले जस्को पक्षमा बढी आवाज वा भोट पर्छ उसैले परिणाम पाउन सक्दछ। त्यसर्थ १ करोड भन्दा बढी आप्रावासीहरुको अधिकार प्राप्तीका लागि हाम्रो पनि कर्तव्य हृन्छ कि आ आफना राज्यका प्रतिनिधिहरुलाई फोन, ईमेल वा भेटेर बिलको समर्थनमा आवाज पुर्याउनु। सबै प्रतिनिधिहरुलाई २०२ २२४ ३१२१ मा फोन गरेर आफनो आवाज परयाउन सकिन्छ। तपाईले आफनो आवाज पुरयाउन स्टाटस नभनि आफना र बसोबास गरिहेको राज्यको नाम मात्र खुलाउनु सक्नुहुन्छ।

ंबिनोद रोका, न्यूर्याक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागि निवेदन गर्नुपर्दा ईजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

 

तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत निशुल्क कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ।