सेक्युरिटी होल्डको मारमा निर्दोष आप्रवासीहरु:विनोद रोका

आतंककारी गतिविधिमा संलग्न रहेका, रहने र रहन सक्ने विदेशीहरुलाई अमेरिकामा प्रवेश गर्न नपाउने सूचीमा राखिएको छ । तसर्थ अमेरिकाको सुरक्षामा खतरा पुर्याउन सक्ने सम्भावना भएका विदेशीलाई अमेरिकामा सामान्यतया प्रवेश दिइदैन । हाल अमेरिकामा आप्रावासीको हैसियतले बस्न पाउँ भनि दिएका शरणार्थीहरुको निवेदनहरु जस्तो कि एजाईलम, पारिवारिक निवेदन र ग्रीनकार्ड सम्वन्धि निवेदनहरु या त खारेज गरिए या त ईमिग्रशनले धेरै समयदेखि मुलतवी(Security hold) मा राखेको छ ।

१९५० को रेफ्युजी कन्वेन्सन (Refugee Convention) र यसको प्रोटोकलले पनि आतंककारी गतिविधिमा संलग्न रहेका र त्यस्ता काम गर्नमा सहयोग र समर्थन गर्ने व्यक्तिहरुलाई कुनै पनि राष्ट्रले आफ्नो राष्ट्रमा प्रवेश गर्न वा बस्ने अनुमति नदिने कानुनलाई मान्यता प्रदान गर्दछ । अमेरिकी अध्यागमन सम्वन्धि कानुनले पनि यही सिद्दान्तलाई आत्मसाथ गरेको हो । तथापि सेप्टेम्बर २००१ मा भएको दुःखद घटनापछि अमेरिकी अध्यागमन कानुनमा आतंककारी गतिविधिलाई बढी फराकिलो बनाईयो अमेरिकाको सुरक्षाको कारण देखाएर । ती कानुनहरु हुन US Patriot Act 2001 / Real ID Act 2005.विदेशी आतंककारी गतिविधिमा संलग्न रहेको, संलग्नरत वा संलग्न रहने सम्भावना छ भन्ने विश्वास गर्नुपर्ने सामान्य जानकारी अमेरिकाको भिषा दिन पाउने अधिकारीलाई लागेमा अमेरिकामा प्रवेश गर्ने अनुमति दिइदैन । आतंककारी गतिविधिमा संलग्न हुने भन्नाले व्यक्तिले आतंककारी गतिविधि हो भन्ने थाहा,जानकारी हुँदाहुँदै वा सामान्यतया थाहा पाउनु पर्ने अवस्था रहँदा रहँदै पनि महत्वपूर्ण सहयोग अर्थात् मेटरियल सर्पोट प्रदान गर्ने हो | यस्तो मेटरियल सर्पोट भन्नाले आतंककारी गतिविधिमा संलन रहेकाहरुलाई सुरक्षित निवास, यातायात, संचार सेवा उपलव्ध गराउनु, पैसा दिनु, पैसा पठाउनु, जाली परिचयपत्र वा अन्य कागजात बनाइ दिनु, जुनसुकै किसिमका हातहतियार, विस्फोटक पदार्थ प्रदान गर्नु, तालीम दिनु आदि पर्दछन् ।
आतंकवादी संस्था, समूहलाई पहिलो, दोश्रो र तेश्रो श्रेणीमा वर्गीकरण गरिएको छ । पहिलोमा हमास, अलकायदा, लगायतका ४२ भन्दा बढी संगठनहरु छन भने दोश्रो श्रेणीमा नेपाल कम्यृनिष्ट पार्टी माओवादी लगायतका विश्वभरिका ५९ वटा संगठनहरु पर्दछन् । तेश्रो श्रेणीमा भने कानुन बमोजिम नतोकिएका संगठनहरु पर्दछन् । त्यस्ता संगठन भनेको दुइ वा दुइ भन्दा बढी व्यक्तिहरु संलग्न रहेको संगठन वा समूह वा यसका भातृ संस्थाहरु हुन् जो आतंकवारी गतिविधिमा संलग्न रहेका थिए वा छन् ।
तेश्रो श्रेणीको आतंककारी संगठनभित्र अमेरिकी सरकारले समर्थन र सहयोग गरेका समूहहरु, जस्तो कि फिडेल कास्त्रोको विरोधमा क्यूवामा भएको आन्दोलनमा संलग्नरत समृह, सैनिक शासनका विरुद्दमा बर्मामा भएको विद्रोही गतिविधि, भियतनामको लडाइमा अमेरिकी सरकारलाई समर्थन र सहयोग गर्ने विद्रोही समूह, सद्दाम हुसैनलाई सत्ताच्यूत गर्न सघाउने इराकका विद्रोही समूह र त्यसमा सहयोग गर्ने व्यक्तिहरु पनि आतंकवारी गतिविधिमा संलग्न रहेको सूचीमा पर्दछन् । नेपालको परिप्रेक्ष्यमा हेर्दा राणा र पंचायती शासनको विरोधमा आन्दोलनमा संलग्न रहेका नेपाली कांग्रेस, कम्युनिष्ट र अहिलेका अनगिन्ती विद्रोही समूहहरु पनि तेश्रो श्रेणीको सूचीमा पर्न सक्दछन् । तसर्थ यस्ता संगठनहरुसंग विगत, वर्तमान र भविष्यमा संलग्न रहेका, रहिरहेका, र रहन सक्ने सम्भावना रहेका व्यक्तिहरु अमिरिकाको सुरक्षामा खतरा पुर्याउन सक्दछन् भनेर हाल इमिग्रेशनले त्यस्ता विदेशीहरुले वा निजका परिवारका सदस्यले अमेरिकामा बस्न वा पस्न अनुमति पाउ भनि दिएका निवेदनहरु होल्ड पोलिसी अनुरुप निर्णय नगरि मुलतवीमा राखेको छ ।

२००१ को घटना पछि काृननमा थप गरिएको यो व्यवस्थाले गर्दा जीउज्यानको सृरक्षामा खतरा परि बाध्यताबस आतंकवादी गतिविधमा लागृेका वा लाग्ने सम्भावना रहेका संगठनलाइ कृनै पनि किसिमको सहयाृेग पृरयाइएको रहेछ भने पनि त्यस्ता विेदेशी अमेरिका प्रवेशको लागि अयोग्य मानिन्छन भने अर्को तर्फ निरंकृस शासकहरुको विरुद्दमा अमेरिकाले नै समर्थन र सहयोग पृरयाएको समृहमा संलग्न रहेर काम गरेका वा सहयोग गरेको व्यक्ति पनि आतंकवादी गतिविधमा संलग्न रहेको वात लागि अमेरिकामा प्रवेश गर्न नपाउने वा होल्ड पोलिसी अन्र्तगत अनिश्चित कालसम्म इमिग्रशनले सेक्यृरिटीको आधार देखाइ दिएको निवेदनमा कार्वाही गरेको छैन।
२००१ को घटना पछि कानुनमा थप गरिएको यो कानुन अति नै फराकिलो खालको भएको हँुदा प्रजातान्त्रिक तरिकाबाट सत्ता परिवर्तन गर्न नचाहने तानाशाहको विरुद्धमा न्यायोचित मागको लागि हुने वा भएका आन्दोलनमा संलग्न रहेका व्यक्तिहरु पनि यो कान्नको परिधि भित्र पर्दछन् । किनकि तेश्रो श्रेणीमा कुन कुन संगठनहरु पर्दछन् भनि कानुनमा किटान नगरिएको हुँदा समूहको गतिविधिको आधारमा निर्णयकर्ताले जसलाई पनि प्रवेश गर्न रोक लगाउन सक्दछ सुरक्षाको कारण देखाएर ।
यो कानुनी व्यवस्थाले गर्दा हाल १८ हजार भन्दा बढी रिफ्युजी र एजाईलीहरुलाई असर परिरहेको छ भने ८ हजार भन्दा बढी निवेदनहरु इमिग्रेशन अफिसमा अनिश्चित समयसम्मका लागि सेक्युरिटी होल्डमा राखिएको अनुमान गरिन्छ । यो कानुन अति नै फराकिलो भएको कुरा अमेरिकी काग्रेसमा पनि उठ्ने गरेको पाईन्छ । धेरैले यसको बिरोध पनि गरेका छन। एकजना ईमिग्रेशन अदालतका न्यायाधिशले त यो कानुन अति नै फराकिलो भएको हुँदा न्यायोचित छैन किनकि अमेरिकाकै ईतिहासमा पनि प्रजातान्त्रिक रुपबाट परिवर्तन हुन नचाहने सरकारलाइ हातहतियार उठाएर विद्रोह गर्नृ परेको देखिन्छ ।
आतंककारी गतिविधिमा संलग्न रहेको समूहलाइ मेटरियल सपोर्ट प्रदान गरेको आधारमा अनिश्चितकालसम्मका लागि सेक्युरिटी होल्डमा राख्न पाउने अधिकार ईमिग्रेशन अफिसलाई छैन तसर्थ न्यायोचित समयभित्रमा निवेदनको किनारा लगाउन आदेश पाउँ भनि असर परेका पक्षहरुले आ आफ्नो क्षेत्रमा पर्ने अमेरिकी फेडरल कोर्ट समक्ष दिएको मेण्डामसको निवदेनमा प्रतिवाद गर्दा इमिग्र्शन अफिसले यो अधिकार प्रयोग गर्दा अदालतले हस्तक्षेप गर्न सक्दैन भनि प्रतिवाद गरेपनि कतिपय फेडरल डिष्ट्रिक्ट कोर्टहरुले इमिग्रेशनको प्रतिवादलाई नमानी अदालतले यो विषयमा पुनरावलोकन गर्न पाउने अधिकार राख्दछ भनि आदेश गरेका छन् । यद्यपि अदालतले यस्ता निवेदनमा अन्तिम आदेश गर्दा इमिग्रेशन अफिसले अनिश्चित कालसम्म सेक्युरिटी होल्डमा राख्न मिल्दैन अत उचित समयभित्र निर्णय गर्नु भनि आदेश दिएको अवस्थामा पनि इमिग्रेशनले अन्तिम निर्णय गर्दा व्यक्तिले अमेरिकामा प्रवेशको सुविधा पाउने किसिमले नै गर्ला भन्ने कुनै निश्चित छैन र हराउन पनि सक्दछ । यदि हरायो भने पुन पक्षले मुद्दामा संलग्न रहनुपर्ने हुन्छ ।
अतः यो समस्याको दीर्घकालीन समाधान भनेको तेश्रो श्रेणीको आतंककारी गतिविधिलाई स्पष्ट हुने किसिमले परिभाषा गर्ने र पहिलो र दोश्रो श्रेणीका आतंककारी गतिविधिमा लागेको भनि किटान गरिएका र तेश्रो श्रेणीका गतिविधिको आधारमा आतंककारी भनेर अथ्र्याउन मिल्ने समूहलाई व्यक्तिले कस्तो परिवेश र परिस्थितिमा सहयोग पुर्याउनु परेको हो भन्ने तथ्यको बस्तुगत रुपबाट मृल्यांकन गरी इमिग्रेशनको सुविधा प्रदान गर्न अधिकार पाएका अधिकारीलेनै निर्णय गर्न पाउने अधिकार कानुनले प्रदान गर्नुपर्दछ । जसले गर्दा सम्वन्धित व्यक्ति आतंककारी गतिविधिमा आफ्नो स्वेच्छाले लागेको हो वा होईन? या व्यक्ति संलग्न रहेको समूहले गरेको गतिविधि आतंककारी गतिविधि भित्र पर्दछ कि पर्दैन? भनि सम्वन्धित अधिकारीले वस्तुनिष्ठ आधारमा निर्णय गरी व्यक्तिलाई अमेरिकामा प्रवेश गर्न अनुमति दिन सक्ने अधिकार प्रदान गरिएमा अध्यागमन कानुनको सुविधा प्रदान गर्न पाउने अधिकारीले माफी दिई व्यक्तिलाई अमेरिकामा पस्न र बस्न पाउने सुविधा चाँडै दिन सक्दछ । तसर्थ जबसम्म यो फराकिलो अर्थ दिने कानुनी व्यवस्थामा सुधार हुँदैन, तवसम्म आतंककारी गतिविधिको फराकिलो अर्थ दिने कानुनी ब्यवस्था र वेभर दिन पाउने अधिकार न्यायाधिश र सुरुको निर्णय दिन पाउने अधिकारीलाई समेत नहुँदा आप्रवासीहरुलाई अमेरिकाको सुरक्षामा खतरा हुन सक्छन् भनि दिएका निवेदन सेक्युरिटी होल्डको कारण देखाएर अनिश्चितकालसम्म होल्ड वा मुल्तवीमा राखिने वा अमेरिकामा पस्न र बस्न नपाउने गरि अस्वीकार गरिन सक्ने सम्भावना रहन्छ ।

(प्रस्तृत लेखमा अध्यागमन सम्वन्धि अमेरिकी कानुनी व्यवस्थाको बारेमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ । तसर्थ अध्यागमन कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा एटर्नीको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईको कृनै कानुनी समस्या भए निःशृल्क कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/ www.binodlaw.com मा सम्पर्क राख्न सकिनेछ । ०