कानुनी प्रश्न : अधिवक्ता विनोद रोकाको जवाफ

म विद्यार्थी भिसामा अमेरिका आएको हुँ र अध्ययन सकेपछि मैले कम्पनीमा काममार्फत ग्रीनकार्ड बनाएर अहिले यहाँको सिटिजन समेत लिइसकेको छु । अहिले मेरो विवाहको कुरा चलेको छ । म नेपालमा गएर विवाह गर्न चाहन्छु तर जुन युवतीसंग मेरो बिहेको कुरा चलेको छ उनी अझै विद्यार्थी भिसामा रहेको र त्यो भिसा पनि सकिन लागेको रहेछ । युवतीको परिवारका तर्फबाट पहिले यहाँ कानुनी बिहे गरेर पेपर अप्लाई गरेर नेपालमा बिहे गर्न जाने कुरा आएको छ । के म नेपालमा बिहे गरेर उनलाई लिएर आउन सक्छु रु अर्थात् नेपाल जानुभन्दा
पहिले यहाँ मैले के गर्नुपर्ने हुन्छ रु यस बारेमा जानकारी दिनुहुन्थ्यो कि ?
किरण जोशी
हाल भर्जिनिया

विनोद रोका, एटर्नी एट ल, न्यूयोर्क

मेरो विचारमा तपाई अमेरिकाको नागरिक हुनु भएको र तपाईको हुनेवाला श्रीमती पनि यहीं विद्यार्थी भिषामा अध्ययनरत रहनु भएको हुँदा तपाईहरुले यहीं नै विधिवत रुपबाट बिवाह गर्नु राम्रो हुन्छ । त्यसपछि तपाईंले आफ्नी श्रीमतीको लागि पारिवारिक निवेदनका साथमा ग्रिनकार्ड पनि एप्लाई गरी एडभान्स पेरोल लिएर दुबैजना नेपाल जानु भयो भने राम्रो हुन्छ। यदि तपाई त्यसो नगरी नेपाल गई बिवाह गरेर श्रीमतीसहित तुरुन्त फर्कनु भयो भने तपाईको श्रीमती विद्यार्थी भिषामा नै आउनु पर्ने हुन्छ। त्यस अबस्थामा अध्यागमन तथा सीमा सुरक्षा अधिकारीले
अमेरिकामा प्रवेश गर्न नदिन सक्दछन, किनकि तपाईको श्रीमती इन्टेण्डेण्ट इमिग्रेन्टको श्रेणीमा पर्न जानु हुन्छ। यद्यपि यस बिषयमा अध्यागमन एटर्नीको सल्लाह लिएर काम अगाडि बढाउनु भयो भने राम्रो होला।

(एटर्नी रोकाले अध्यागमन सम्वन्धि दिनुभएको यो जवाफ अमेरिकी कानुनी व्यवस्थाको बारेको आधारभूत र सामान्य जानकारी गराउनेसम्मको लागि मात्र हो । विस्तृत जानकारी र परामर्शका लागि हामी रोकासंग सम्पर्क गर्नुहुन आग्रह गर्दछौं । तपाईंका अध्यागमन सम्बन्धी कुनै जिज्ञासा छन् भने हामीलाई globenepal@gmail.com मा इमेल गर्नुहोस् हामी सम्बन्धित कानुन व्यवसायीद्वारा तपाईंको समस्या समाधान गरिदिने प्रयास गर्नेछौं ।)

(तपाईसंग कुनै कानुनी जिज्ञासा भए भए नि:शुल्क परामर्श र सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा
www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुनेछ ।)